नेपाल र भारतको सम्बन्धलाई लगानीमैत्री वातावरण बनाउँदै लैजानुपर्ने

<span class='c1'>नेपाल र भारतको सम्बन्धलाई</span> <span class='c2'>लगानीमैत्री वातावरण बनाउँदै लैजानुपर्ने</span>

विराटनगर । नेपाल र भारतको सम्बन्धलाई आगामी दिनमा लगानी मैत्री वातावरणमा सुदृढ बनाउनुपर्ने एक कार्यक्रमका सहभागिहरुले बताएका छन् ।

नेपाल भारत मैत्री युवा संघ मोरङ जिल्ला कार्यसमितिको आयोजनामा बुधबार विराटनगरमा आयोजित “नेपाली विकास र समृद्धिमा भारतको लगानीको भूमिका” विषयक एकदिवसीय सेमिनार कार्यक्रममा सहभागिहरुले दुवै देशको आपसी सम्बन्धलाई सुदृढ बनाउनुपर्नेमा जोड दिए ।
नेपाल भारत मैत्री युवा संघ मोरङका अध्यक्ष मोहमद नसरुलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि पूर्व गृहमन्त्री तथा नेपाली काँग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खाँड रहेका थिए । कार्यक्रमको उद्धघाटन गर्दै प्रमुख अतिथी खाँडले नेपालमा भौतिक पूर्वाधार, ऊर्जा, कृषि, उद्योग र पर्यटन क्षेत्रको विकासमा भारतको लगानीले महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गरे । दुई देशको भाइचारालाई कायम गर्न आपसी शिष्टचारको आवश्यक रहेको समेत खाँडले बताए ।

त्यसैगरी भारतले दशकौं यता नेपालमा जलविद्युत, सडक, अस्पताल, शिक्षा, व्यापार विस्तार र रोजगारी सिर्जनामा लगानी गर्दै आएको र यसले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाएको कार्यक्रमका विशिष्ठ अतिथी विधान सभा सदस्य प्रदीप सिंहले आफ्नो धारणा राखे ।
भौतिक पूर्वाधार विकाससँगै भारतीय लगानीले नेपाली जनताको आयस्तर बढाउन र स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सहयोग पुगेको उनले उल्लेख गरे ।

कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा प्रदेशसभ सदस्य अमृत अर्यालले नेपालको समृद्धिमा विदेशी लगानी, विशेषगरी भारतको लगानीलाई अझै प्रभावकारी बनाउँदै लैजानुपर्ने र दुई देशबीच व्यापार, पर्यटन तथा पूर्वाधार क्षेत्रमा सहकार्य विस्तार गर्नुपर्ने सुझाव दिए । त्यस्तै नेपाल भारत मैत्री युवा संघका केन्द्रिय अध्यक्ष तथा पूर्वमन्त्री महेन्द्र यादवले दुई देशबीचको आर्थिक सहकार्य अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको बताएका थिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले भारतीय लगानी बिना नेपालको दिगो विकास र समृद्धि कठिन हुने बताए । उनले दुई देशबीचको परस्पर सहयोग र विश्वासको वातावरणले आगामी दिनमा लगानी मैत्री वातावरणमा अझै सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा कलाकारिता क्षेत्रबाट ४५ वर्षभन्दा बढी योगदान दिएका वरिष्ठ गायक रामा मण्डल, स्वास्थ्य क्षेत्रबाट जनस्वास्थ्य सेवामा उल्लेखनिय योगदान गरेका चिकित्सक डा।सफिर रहमान, पत्रकारिता क्षेत्रबाट पत्रकार महासंघ मोरङकी जिल्ला अध्यक्ष सुशील पाठक, सामाजिक क्षेत्रबाट अखिल नेपाल वैश्य हल्लुवाई सेवा समितिका अध्यक्ष कृष्ण कुमार साह सम्मानित भएका छन् । कार्यक्रममा उद्योगी, व्यापारी, कुटनीतिक नियोग, राजनिती दलका नेता तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्