विराटनगरको कृपा कलेक्सनले ल्यायो ओरिजिनल मोती

<span class='c1'>विराटनगरको कृपा कलेक्सनले</span> <span class='c2'>ल्यायो ओरिजिनल मोती</span>

विराटनगर । अब विराटनगरमा चाइनाबाट आयात गरिएका ओरिजिनल मोतीहरू सहज रूपमा उपलब्ध हुने भएका छन् । विराटनगर ९ स्थित सहकारी मार्गमा रहेको कृपा कलेक्स, मोती तथा गहनाका पारखीहरूका लागि नयाँ गन्तव्य बनेको हो ।

कृपा कलेक्सनले नेपालका अन्य मोती व्यापारीसरह चीनबाट ओरिजिनल मोती आयात गर्दै आएको छ । मोतीको व्यापार विराटनगरमा निकै सीमित गहना पसलमा मात्र हुने गरेकोमा यो कलेक्सनले विकल्प विस्तार गरेको हो ।

यहाँ ओरिजिनल मोतीसँगै कोटेड मोती, डबल कोटेड मोती लगायतका विकल्प पनि उपलब्ध छन् । ग्राहकले पसलबाट मोतीका साथै आकर्षक डिजाइनका अमेरिकन डायमण्ड गहना, चुरा, झुम्का, पार्टी रिङ, बेल्ट, चपल, पिन र विवाहका सम्पूर्ण सामग्रीहरू पनि सहज मुल्यमा खरिद गर्न सक्नेछन्।

कृपा कलेक्सनको सञ्चालिका विना घिमिरेका अनुसार पसलमा उपलब्ध मोतीहरू बिलसहित प्रदान गरिन्छ । यदि ग्राहकले खरिद गरेको मोती ओरिजिनल नभएको प्रमाणित भएमा, पसलले सो मोती फिर्ता लिएर नगद वा वस्तु साट्ने ग्यारेन्टी समेत रहेको छ । सञ्चालिका घिमिरेका अनुसार ग्राहकले भविष्यमा ओरिजिनल मोती पुनः विक्री गर्न चाहेमा, उक्त मोती कृपा कलेक्सनले नै पुनः किन्दिने व्यवस्था गरिएको छ ।
ग्राहकको माग अनुसार मोती तथा गरगहना उपलब्ध गराउँदै आएको कलेक्सनले पञ्चधातुका गहनाहरू पनि उपलब्ध गराएको जानकारी घिमिरेले बताईन् । ओरिजिनल मोतीको मूल्य रु. ५ हजारदेखि सुरु हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्