विराटनगरमा उद्यमशीलता: एक परिचय’ नेपाली संस्करण किताब सार्वजनिक

<span class='c1'>विराटनगरमा उद्यमशीलता: एक परिचय’</span> <span class='c2'>नेपाली संस्करण किताब सार्वजनिक</span>

विराटनगर साउन ३ , 

बेलायती अर्थशास्त्री इमन् बट्लरद्वारा लिखित पुस्तकको नेपाली अनुवाद उद्यमशीलता: एक परिचयको विमोचन विराटनगरमा भएको छ। पुस्तकको नेपाली अनुवाद पत्रकार तथा लेखक निशान्त ढुङ्गानाले गरेका हुन्।

विमोचन कार्यक्रममा प्रतिनिधि सभा सदस्य मनिष झाले सरल भाषा र स्पष्ट उदाहरणमा आधारित पुस्तकले उद्यमशीलताको अवधारणा बुझ्न सहयोग पुर्‍याउने धारणा राखे। उनले नेपालमा उद्यमशीलता प्रवर्द्धन गर्न राज्यले ‘ठेकेदार’ नभई ‘सहजकर्ता’को भूमिका लिनु आवश्यक रहेको बताए।

कोशी प्रदेश सभा सदस्य मिना श्रेष्ठले पुस्तकमा सहज भाषामा उद्यमशीलताको विचार प्रस्तुत गरिएको बताउँदै यो नीति निर्माणका लागि पनि उपयोगी हुने विश्वास व्यक्त गरिन्।

कार्यक्रममा उद्यमी प्रतिक राउतले उद्यमशीलताको विकासका लागि अहिले उपयुक्त समय रहेको भन्दै नेपालले अन्तर्राष्ट्रिय अनुभवबाट सिक्दै मौलिक मार्गमा अगाडि बढ्नुपर्ने धारणा राखे।

प्रकाशक संस्थाका प्रतिनिधि राजिव धर जोशीले नेपाली बजारमा उद्यमशीलता र सेल्फ हेल्प किताबको माग बढिरहेको बताउँदै यस्ता पुस्तकले युवामा सकारात्मक प्रभाव पार्ने बताए।

विकल्प एन अल्टरनेटिभका कार्यकारी निर्देशक वसन्त अधिकारीले नेपाली भाषामा उद्यमशीलता सम्बन्धी सन्दर्भ सामग्रीको अभाव महसुस हुँदै आएको उल्लेख गर्दै यस पुस्तकले त्यो अभाव पूर्ति गर्ने बताए।

पुस्तकमा उद्यमशीलताको अवधारणा, आविष्कार र समृद्धिमा यसको भूमिका, विभिन्न सिद्धान्त, सामाजिक–आर्थिक महत्व, उद्यमीका प्रकार, नीति निर्माणका सन्दर्भ र नियमनसँग जोडिएका विषयहरू समेटिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्