विराटनगरको आदर्श माविमा रामलाल गोल्छा आँखा अस्पतालको एकदिने निःशुल्क आँखा शिविर

<span class='c1'>विराटनगरको आदर्श माविमा रामलाल गोल्छा आँखा</span> <span class='c2'>अस्पतालको एकदिने निःशुल्क आँखा शिविर</span>

विराटनगर , साउन ५ ,  विराटनगर महानगरपालिका वडा नं. ७ स्थित आदर्श माध्यमिक विद्यालयमा एकदिने निःशुल्क आँखा जाँच शिविर सफलतापूर्वक सम्पन्न गरिएको छ।  उक्त शिविर तेरापंथ प्रोफेसनल फोरमको आयोजनामा तथा रामलाल गोल्छा आँखा अस्पताल, विराटनगरको सहकार्यमा संचालन गरिएको हो।

शिविरमा विद्यालयका २३७ छात्र र ३६० छात्रा गरी कुल ५९७ जना विद्यार्थीको आँखा परीक्षण गरिएको रामलाल गोल्छा आँखा अस्पतालका प्रबन्धक नवीन राजवंशीले जानकारी दिनुभयो। उहाँका अनुसार अस्पतालले विभिन्न संघ-संस्थासँग सहकार्य गरी समय-समयमा यस्ता निःशुल्क आँखा जाँच शिविरहरू संचालन गर्दै आएको छ।

पूर्वाञ्चल क्षेत्रकै पहिलो आँखा अस्पतालको रुपमा स्थापित रामलाल गोल्छा आँखा अस्पतालले विराटनगरमा रहेको आफ्नै अस्पताल भवनमार्फत तथा मोरङ र सुनसरी जिल्लाका सामुदायिक आँखा उपचार केन्द्रहरूबाट समेत सेवा प्रदान गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्