एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी दर्ताको आज अन्तिम दिन

<span class='c1'>एनपीएलको दोस्रो संस्करणका लागि खेलाडी</span> <span class='c2'>दर्ताको आज अन्तिम दिन</span>

विराटनगर साउन ४ ,

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि हुने मिनी अक्सनमा सहभागी हुन इच्छुक नेपाली खेलाडीको अनिवार्य अनलाइन दर्ता प्रक्रिया आज, साउन ६ गते (२२ जुलाई २०२५) समाप्त हुँदैछ।

आयोजकले हालै फ्रेन्चाइज टोलीबाट रिलिज भएका खेलाडीहरू तथा नयाँ रूपमा अक्सनमा सहभागी हुन चाहने सबै नेपाली खेलाडीका लागि दर्ता प्रक्रिया खुला गरेको हो।

खेलाडीहरूले एनपीएलले तोकेको अनलाइन लिंकमा गई आफ्नो नाम दर्ता गराउन सक्नेछन्। दर्ता गर्दा खेलाडीले आफूलाई उपयुक्त ठानिएको वर्ग– ‘ए’, ‘बी’ वा ‘सी’ मध्ये एक रोज्न सक्नेछन्।

प्रत्येक खेलाडीका लागि दर्ता शुल्क एक हजार रुपैयाँ तोकिएको छ।

एनपीएलको दोस्रो संस्करण आगामी अगस्टमा हुने तय भएको मिनी अक्सनमार्फत सुरु हुनेछ। अक्सनअघि आठवटै फ्रेन्चाइज टोलीले आ-आफ्ना रिटेन्सन सूची सार्वजनिक गरिसकेका छन्। अब पहिलो संस्करणमा रिलिज भएका तथा यो दर्ता प्रक्रियाबाट छनोट हुने खेलाडीहरू अक्सनमा प्रवेश गर्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्