विराटनगर । कोशी प्रदेश लागुऔषध कारोबारको ट्रान्जिट बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१÷०८२ मा मात्रै कोशी प्रदेश प्रहरी कार्यालय मातहतका कार्यालयहरुले चरेश, अफिम, ब्राउनसुगर र बिभिन्न मनोदिपक औषधीसहित बेचबिखन तथा ओसार पसारमा संलग्न एक हजार ९८५ जना पक्राउ व्यक्तिलाई नियन्त्रणमा लिइएको जानकारी दिइएको छ ।
कानुनी अज्ञानता, साथी भाईको लहलहैमा, पारिवारिक तनाव लगायत बिभिन्न कारणको बाहना बनाई लागुपदार्थ सेवनको कुलतमा युवाहरु लाग्ने गरेको पाइएको छ । कोशी प्रदेशमा बढ्दो लागू औषधको प्रयोग, वेचविखन तथा ओसार पसारलाई नियन्त्रण तथा निरुत्साहित गर्न प्रहरीले लोकमार्ग तथा भित्रि सडक खण्डहरुमा चेकजाँज, सिमा नाका तथा संकित स्थानहरुमा प्रहरी कुकुर सहितको चेकजाँच, संकित व्यक्ति, यात्रुवाहक तथा मालवाहक सवारी साधनको चेकजाँच बढाउँदै आएको छ । सीमावर्ती भारतीय नाकाहरुमा कडाईका साथ प्रहरी परिचालन गरी लागूऔषधको ओसार पसार, बिक्रि वितरण तथा भण्डारण गर्ने व्यक्तिहरुलाई पक्राउ लाई पछिल्लो समय बढाएको छ । तर, पनि न्युनीकरण भन्दा यसमा संलग्नको संख्या भने बढदो देखिएको छ ।
जिल्ला प्रहरी कार्यालय झापाले चरेश १ ग्राम ५६० मिलिग्राम, ब्राउन सुगर २ किलो ८८२ ग्राम ४६८ मिलिग्राम, विभिन्न मनोदिपक औषधी ६३ हजार ५६० वटा चक्कीर क्यापसुल, एम्पुल ३९ वटा, जिल्ला प्रहरी कार्यालय मोरङले १ किलो ७७० ग्राम ८३ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ८० हजार ९२३ वटा चक्की क्यापसुल, एम्पुल १ हजार ४८५ वटा, जिल्ला प्रहरी कार्यालय सुनसरीले चरेश २ ग्राम २८ मिलिग्राम, ७२८ ग्राम ५३९ मिलिग्राम ब्राउन सुगर, विभिन्न मनोदिपक औषधी ४ लाख २८ हजार ६८३ वटा चक्की क्यापसुल, एम्पुल ३१८ वटा बरामद गरेको छ ।
यसै गरी यस आर्थिक वर्षमा कोशी प्रदेश अन्तरगत रहेका जिल्ला प्रहरी कार्यालयहरुबाट परिचालन भएको प्रहरी टोलीले चरेश ३ ग्राम ५ सय ८८ मिलिग्राम, अफिम १५ ग्राम ७ सय ७० मिलिग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, बिभिन्न मनोदिपक चक्की क्यापसुल ६ लाख १५ हजार ७९ वटा, मनोदिपक एम्पुल २ हजार ६ सय ५४ वटा र अन्य विभिन्न मनोदिपक औषधी १ सय ९ वटा बरामद गरेको छ ।
ओसार पसार तथा वेचबिखनमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानूनी दायरामा एक आर्थिक वर्षमा प्रहरीले ल्याएको छ । चेकजाँचमा कडाई भएकै कारण मलद्वार तथा शरिरको बिभिन्न भागमा लुकाएर लागू औषध ओसार पसार गर्ने व्यक्तिलाई पक्राउ गर्न तथा ठुलो परिमाणमा लागू औषधको कारोवारी गर्ने गिरोहलाई गोली प्रहार गरेर नियन्त्रणमा लिन कोशी प्रदेश प्रहरी सफल भएको छ ।