सुनसरी–मोरङ औद्योगिक करिडोर : लोडसेडिङ्ग हट्यो, चिन्ता ट्रिपिङ्गको

<span class='c1'>सुनसरी–मोरङ औद्योगिक करिडोर :</span> <span class='c2'>लोडसेडिङ्ग हट्यो, चिन्ता ट्रिपिङ्गको</span>

विराटनगर । सुनसरी–मोरङ औद्योगिक करिडोरका उद्योगले विद्युतमा ट्रिपिङ, लो भोल्टेज, फ्लक्चुएसनको समस्या भोग्नु परेको उद्योगीहरुले गुनासो गरेका छन् । बिद्युत लोडसेडिङको अन्त्य भएपनि औद्योगिक क्षेत्रमा हुने आपूर्ति समस्याले उत्पादन लागत बढाएको उनीहरुले गुनासो गरेका हुन् ।

नेपालको औद्योगिक क्षेत्रमा लोडसेडिङ नहुँदा समेतसाताको औसत २१ पटक विद्युत् कटौती (ट्रिपिङ) हुने रहेको एउटा अध्ययन प्रतिवेदनले समेत देखाएको छ । इन्टर डिसिप्लिनरी एनालिस्ट (आइडिए) नामक संस्थाले नेपालका ५०० वटा ठुला–साना–मझौला–लघु–कुटी उद्योगमा गरेको सर्वेक्षणपछि यस्तो तथ्यांक सार्वजानिक गरेको हो ।

यो सर्वेक्षण प्रतिवेदन अनुसार पनि औद्योगिक क्षेत्र अझैसम्म बिद्युतको आपूर्ति प्रणालीको समस्याबाट बाहिर निस्कन नसकेको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताएका छन् । अध्यक्ष राठीका अनुसार बारम्बारको ट्रिपिङका कारण प्रशोधन प्रक्रियामा रहेको कच्चा पदार्थ खेर जाने र त्यसलाई पुनः प्रशोधन गर्नुपर्ने स्थितिबाट लागत बढ्दो क्रममा रहेको छ ।
औद्योगिक क्षेत्रमा बिद्युत ट्रिपिङबाट सबैभन्दा धेरै वस्तु खेर जानेमा प्लास्टिक र फलाम पर्दछन् । फलाम उद्योगमा मेल्टिङ प्लान्टमा बिद्युत अवरोध भए त्यसबाट धेरै किसिमको झन्झट सिर्जना हुने अध्यक्ष राठीले बताए । यस्तै प्लास्टिकको दाना घानीमा रहेका बेला बिद्युत अवरोध भए कच्चा खेर जाने समस्या बढी देखिन्छ ।

अध्यक्ष राठीले केहि समय अगाडी वीरगञ्जको एउटा फलाम उद्योगको भट्टी विष्फोट भएको बताउँदै त्यो जोखिमपूर्ण स्थिति पनि बिद्युतकै कारणले सिर्जना हुने दावी गरेका छन् ।
नेपाल बिद्युत प्राधिकरणले पूर्व जानकारी नै नदिई उद्योगमा विद्युत् कटौती गर्ने गरेको आरोप धेरै उद्योगीहरुको छ । उद्योगी एवं संगठनका उपाध्यक्ष विपिन काबराले औद्योगिक क्षेत्रमा हुने बिद्युत कटौतीका कारण श्रमिकलाई कामविहीन पारिश्रमिक दिनुपर्ने अवस्था रहेको बताएका छन् ।

आइडिएका निर्देशक सुधीन्द्र शर्माले औद्योगिक क्षेत्रमा साताको औसत २१ पटक ट्रिपिङ हुने जानकारी दिएका छन् । देशभरका पाँचसय उद्योगमा गरिएको सर्वेक्षण अनुसार बिद्युत ट्रिपिङ १ मिनेटदेखि १४७ मिनटसम्म हुने गरेको तथ्यांकमा उल्लेख छ ।
देशभरमा काठमाडौँ उपत्यकामा हप्तामा ६ पटक ट्रिपिङ समस्या देखिएको उल्लेख छ । नेपालगञ्ज औद्योगिक क्षेत्रमा हप्तामा ३५ पटक यो समस्या देखिन्छ । निर्देशक शर्माले नेपालगञ्जमा ‘ट्रान्समिसन लस’ धेरै हुने गरेको बताउँदै पश्चिमको महाकाली वा पूर्वको बुटवलबाट ऊर्जा ल्याउनु पर्ने बाध्यता रहेको बताए ।

सुनसरी–मोरङ करिडोमा २८ पटकसम्म ट्रिपिङ हुने गरेको पाइएको छ । पोखरा र भैरहवामा १२–१२ पटक हप्तामा ट्रिपिङ समस्या देखिएको छ । खासगरी जेठदेखि भदौसम्म अधिक गर्मी हुने समयमा औद्योगिक क्षेत्रमा यो समस्या दोहोरिदै आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्