त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध विद्यार्थी आन्दोलन सुरु

<span class='c1'>त्रिभुवन विश्वविद्यालयमा शुल्क शोषणविरुद्ध</span> <span class='c2'>विद्यार्थी आन्दोलन सुरु</span>

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गत केन्द्रीय विभागमा गाभिएका चार वटा विभागहरुको शुल्क घटाउनुपर्ने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला समितिले आन्दोलन सुरु गरेको छ ।आजदेखि विश्वविद्यालयको उपकुलपति कार्यालयभित्र धर्ना सुरु गरिएको छ । आन्दोलनमा सहभागी विद्यार्थीहरूले शिक्षामा शोषण बन्द गर, शुल्क तुरुन्त घटाउ  गरिव विद्यार्थीको छातीमा गोली, यो त केन्द्रिय विभागको नीतिमा झोली, भन्ने नारासहित प्रदर्शन गरेका छन् । आन्दोलन संयोजक मनिष चम्लागाईले बताए अनुसार, केन्द्रीय विभागमा गाभिएका नयाँ विभागहरूमा शुल्क घटाइनु पर्छ । विद्यार्थीहरूमाथि आर्थिक भार हुने निर्णय तत्काल फिर्ता लिनुपर्छ । यदि माग सम्बोधन भएन भने आन्दोलन थप सशक्त  बनाइनेछ ।

 

अखिल (क्रान्तिकारी) जिल्ला समितिले विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै १० दिनभित्र शुल्क समायोजन सहितको माग प्रस्तुत गरेको छ । सो अवधिमा माग सम्बोधन नभए थप चरणबद्ध आन्दोलनको घोषणा गरिने चेतावनी पनि दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्