भारतबाट अवैध भित्रिएको सामान प्रहरी नियन्त्रणबाट बीस करोड राजस्व संकलन

<span class='c1'>भारतबाट अवैध भित्रिएको सामान प्रहरी</span> <span class='c2'>नियन्त्रणबाट बीस करोड राजस्व संकलन</span>

विराटनगर । एकवर्षको अवधीमा कोशी प्रदेश प्रहरी कार्यालय र मातहत प्रहरी कार्यालयले अवैध रुपमा भन्सार चोरी पैठारी गरेका सामान नियन्त्रणबाट २० करोड ४२ लाख बराबरको समान बरामद गरेको छ ।

खुल्ला सीमानाकाको प्रयोग गरी चोरी तस्करी गर्ने व्यक्तिहरुबाट प्रहरीले २० करोड बढीका सामान नियन्त्रणमा लिइएको हो । सबैभन्दा बढी झापा प्रहरी कार्यालयले सात करोड ३ लाख बढी राजस्व संकलन गरेको छ । मोरङले ५ करोड ५६ लाख, सुनसरीले ४ करोड २३ लाख, ताप्लेजुङले १ करोड ४ लाख, उदयपुरले ९६ लाख, इलामले ७० लाख बराबरको भन्सार छली तथा चोरी निकासीको सामाग्रीहरु बरामद गरी राजश्व संकलन गरेको हो ।

प्रदेशका अन्य विभिन्न जिल्लाहरुबाट समेत भन्सार छली गरी हुने अवैध सामानको ओसारपसार नियन्त्रण गर्न कडाईका साथ प्रहरी परिचालन हुँदा आर्थिक बर्ष २०८१÷०८२ मा २० करोड ४२ लाख भन्दा बढी राजश्व संकलन गरिएको हो । सामान ओसारपसारमा संलग्न ८९ वटा सवारी साधन र संलग्न ८५ जना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्