विराटनगर आईसिपीमा रोड चारलेनमा विस्तार हुने

<span class='c1'>विराटनगर आईसिपीमा रोड</span> <span class='c2'>चारलेनमा विस्तार हुने</span>

विराटनगर । एकीकृत जाँच चौकी (आइसिपी) मा थप एक अर्ब छ करोड लागतमा दुईवटा संरचना बन्ने भएका छन् । नेपाल इन्टरमोडल यातायात विकास समितिले आईसिपी परिसरमा गोदाम र पार्किङ तथा आईसिपीसँग कोशी राजमार्गलाई जोड्ने लिंक रोड निर्माणको प्रक्रिया बढाएको हो ।

इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार विश्व बैंकसँगको ऋण सहयोगमा गोदाम र पार्किङ ४१ करोडमा निर्माण हुने जानकारी दिनुभयो । आईसिपी भित्र गोदाम ५४÷२४ मिटरको निर्माण हुनेछ । यसैगरी पार्किङ दशहजार वर्गमिटरको हुनेछ ।

यसैगरी लिंक रोड ६५ करोड लागतमा चारलेनमा विस्तार हुनेछ । लिंकरोडमा मालवहाक सवारीका लागि चारलेनको सडक विस्तार गरिनेछ भने, यसमा फुटपाथ समेत राखिने कार्यकारी निर्देशक गजुरेलले जानकारी दिनुभयो ।
यी दुवै परियोजनाको ठेक्का प्रक्रियामा गएका छन् । यी दुवै परियोजना १८ महिनामा निर्माणसम्पन्न गर्ने गरी सम्झौता भएका हुन् । आइसिपी क्षेत्रमा रहेको भन्सारबाट छुटेका मालवहाक सवारी कोशी राजमार्ग धरान–विराटनगर खण्ड जोड्ने मार्गलाई ‘लिंक रोड’ भनिन्छ ।
विराटनगर–१८ बुधनगरमा रहेको आईसिपीमा भन्सार सरेदेखि दुईलेनको लिंक रोडमा मालवहाक सवारीका धेरै दुर्घटना हुने गरेका छन् । स्थानीयले सडकको स्तरोन्नतीसँगै फुटपाथ निर्माण गर्नुपर्ने माग राख्दै आएका थिए ।

कोशी राजमार्गबाट आईसीपीसम्म पुग्न ४.५ किलोमिटरको दुरी छ । विराटनगरको रानी–इटहरी–धरान हुँदै संखुवासभाको किमाथाङ्कासम्मको सडकलाई त्रिदेशिय व्यापारिक मार्गको अवधारणा अनुसार निर्माण कार्य जारि छ ।

यसैगरी यस अगाडी आइसिपीमा परिसरमा ७८ वटा मालवाहक सवारी साधन पार्किङ क्षमताको मात्रै यार्ड रहेको छ । दैनिक ३५० सवारी पार्किङ गर्न मिल्ने २०० मिटर लम्बाईको पार्किङ आवश्यक रहेको भन्सार कार्यालयको माग थियो ।
पार्किङ यार्ड साँघुरो हुँदा सडकमा ट्रक र कन्टेनर पार्किङ गरिँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्