विराटनगरमा फागुनमा भएको कार्यक्रमको भुक्तानी नपाएपछि व्यवसायीले गुहारे प्रशासन

<span class='c1'>विराटनगरमा फागुनमा भएको कार्यक्रमको भुक्तानी</span> <span class='c2'>नपाएपछि व्यवसायीले गुहारे प्रशासन</span>

विराटनगर । बिना फाउण्डेशन काठमाण्डौंले गत फागुन १५, १६ र १७ गते विराटनगरमा गरेको कोशी विचार उत्सव कार्यक्रम गरे वापतको रकम भुक्तानी नगरेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिएका छन् ।

फाउण्डेशनका आधिकारिक व्यक्तिबाट रकम असुल गरी कारवाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिएका हुन् । व्यवसायीले दिएको उजुरीमाथि कारवाही बढाउन जिल्ला प्रशासन कार्यालयमार्फत मोरङ प्रहरीमा निर्देशनसहितका परिपत्र पठाइएको छ ।

कार्यक्रमको प्रमुख अथिति कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की रहेका थिए । सार्वजानिक स्थानमा खुल्ला बहसमा मुख्यमन्त्रीलाई बोलाएर अनावश्यक विवादमा तान्ने प्रयास समेत गरिएको भन्दै आयोजक विरुद्ध आलोचना समेत भएको थियो । त्यसबेला मुख्यमन्त्रीलाई असजिलो पारे जस्तै अहिले त्यो कार्यक्रम व्यवस्थापनका लागि सहयोग गरेका व्यवसायीको भुक्तानी नदिएर फसाइएको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालयमा दिइएको उजुरीमा हेड हाउस साउण्ड सिस्टम, नेशनल साउण्ड सिस्टम, गीता ट्रेन्ड हाउसको तीनलाख, होटल स्वागतमको २ लाख ६४८ रुपैँया, मयुर डिजिटल प्रि–प्रेसको ९९ हजार ९८२ रुपैँया, एम.एन.एम. प्रिन्टर्स १ लाख १६ हजार ५२० रुपैँया र विराटनगरका केहि मिडिया हाउस समेतको रकम भुक्तानी नगरेको आरोप छ ।

निवेदकहरु विराटनगर ५ का सहेद आलम, विराटनगर १० का संयम श्रेष्ठ, विराटनगर ९ का गोकुल कार्की, विराटनगर ३ का खेमराज आचार्य छन् । उनीहरुले फाउण्डेशनले आफ्ना प्रतिनिधिहरु परिचालन गरेर कार्यक्रम गरे पश्चात भुक्तानी माग्दा आलटाल गर्दै आएको बताएका छन् ।
यता बिना फाउण्डेशन अध्यक्ष ममता शर्माले कार्यक्रममा आफ्नो उपस्थिति नभएपनि संस्था आयोजना रहेको बताइन् । उनले कार्यक्रमका लागि विभिन्न स्थानीय तहसँग आर्थिक सहयोगको साझेदारी गरिएपनि त्यहाँबाट भुक्तानी नआउँदा समस्या परेको बताइन् । उनले असार २५ गते खाता बन्द भएपछि भुक्तानी रोकिएको र रकम दिन्छु भनेका स्थानीय तहले साउन २० गतेपछि भुक्तानी दिने भनेको बताइन् । उनले यदि दिन्छु भनेका स्थानीय तहबाट रकम नआए कसरी बुझाउने भन्ने विषय छलफल गरिने बताइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्