विराटनगरको परोपकार धाममा शिवको विशाल मूर्ति निर्माण गरिदै

<span class='c1'>विराटनगरको परोपकार धाममा शिवको</span> <span class='c2'>विशाल मूर्ति निर्माण गरिदै</span>

विराटनगर । विराटनगर महानगरपालीका १ स्थित परोपकारधामको परमार्थ सिंघिया आरती स्थलमा शिव महादेवको विशाल मूर्ती स्थपना गरिने गरी भूमीको शिल्यनास गरिएको छ । परमार्थ सिंघिया आरती सेवाको दोस्रो बर्षमा पुगेको अवसर तथा नागपन्चमीको दिन पारेर भूमीको मंगलबार शिल्यनास गरिएको हो ।


शिल्यनास कार्यक्रममा प्रथम महिला शंकराचार्य एवं महामण्डलेश्वर हेमानन्द गिरी, कोशी प्रदेशका वन ,वातावरण तथा पर्यटन मन्त्री सदानन्द मण्डल, विराटनगर महानगरपालीकाका मेयर नगेश कोईराला, र विश्व हिन्दु फेडेरशनका अन्तर्राष्ट्रिय अध्यक्ष एवं पूर्वशिक्षामन्त्री डा. अजय सिंहले सयुक्त रुपमा मन्त्रोच्चारण बीच मूर्ति स्थपनाको लागि शिल्यनास गरेका थिए ।


आउदो शिवरात्रीमा अनावरण गर्ने गरी मूर्तिको निर्माण जहदा मोरङका कलाकार तुलसी मुर्तिकालरले निर्माण गर्नेछन् । मुर्तिको निर्माणको लागि १० लाख रुपैया बजेट राखिएको छ । २५ फिट अग्लो फलामको फिलरमा १५ फिटको मुर्ति निर्माण गरिने आरतीका प्रमुख संरक्षक शंकर खरेलले जानकारी दिए ।


आरती सेवा दोस्रो बर्षमा पुगेको अवसरमा हजारौँ भक्तजनहरुको संख्यामा विशेष रुद्री पुजा र लाख बत्ती बालिएको थियो । साथै कार्यक्रममा आउने आगन्तुकहरुलाई विराटनगरमा रहेको मारवडी युवा मन्चले महाप्रसाद वितरण गरेका थिए । साथै कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्