एकवर्षमा दुईलाख १३ हजार बढी सवारी चालकमाथि ट्राफिक कारवाही

<span class='c1'>एकवर्षमा दुईलाख १३ हजार बढी</span> <span class='c2'>सवारी चालकमाथि ट्राफिक कारवाही</span>

विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा एकवर्षको अवधीमा २ लाख १३ हजार ६९५ वटा सवारी साधनका चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहत कार्यालयले चालक कारवाहीबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैँया राजस्व संकलन गरेको हो ।

गत आर्थिक वर्ष २०८१÷२०८२ मा १४ जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुले २६ हजार २९३ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेका थिए । जसबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरुले सचेत हुने अवसर पाएका थिए ।

ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सिसी क्यामेरा जडान गरीएको छ । झापाको झिलझिले, बिराटनगरको दुधफारम र खार्जीमा नम्वर प्लेट डिटेक्टर सहितको सिसी क्यामेरा जडान गरिएको छ ।

यसैगरी लामो दुरीको सवारी साधन तथा भारतिय नम्वर प्लेटको सवारी जाँचको लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप  सहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणको लागि २१ स्थानमा टाईम कार्ड ईन्ट्री राखिएको छ ।कोशी प्रदेशमा गतवर्ष ४१८ जनाको ज्यान गएको छ भने ७११ जना गम्भिर र ८ हजार ५३० जना सामान्य घाईते भएको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्