विराटनगरमा डाक्टर शेखरले भने–सरकार ०८४ सम्मै चलोस्, तर राम्रोसँग

<span class='c1'>विराटनगरमा डाक्टर शेखरले भने–सरकार ०८४</span> <span class='c2'>सम्मै चलोस्, तर राम्रोसँग</span>

विराटनगर । नेपाल काँग्रेसका नेता डा.शेखर कोइरालाले वर्तमान सरकार ०८४ सम्म नै चल्नुपर्ने आफ्नो चाहना रहेको बताएका छन् । विराटनगर विमानस्थलमा बुधबार सञ्चारकर्मीसँग कुराकानी गर्दे उनले अहिले सरकार सुशासनसहित राम्रोसँग चल्नुपर्ने बताएका हुन् ।

कोइरालाले सरकार राम्रोसँग चल्न नसकेको बताउँदै सुशासनमा सरकार चुकिरहेको आरोप लगाए । उनले एमाले–काँग्रेस सरकार गठन हुनुको पुष्टि जनतामा गर्नुपर्ने बताए । उनले भने–जुन कारणले सरकार बदल्यौं त्यो कारण जनतालाई पुष्टि गर्न सक्नुपर्छ ।

‘पूर्वराष्ट्रपति उपराष्ट्रपतिहरू राजनीतिमा फर्कने कुरा संविधानले खुल्ला गरेपनि नफर्केको राम्रो हुने सुझाव दिए । संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रपति कार्यालयबाट फर्कनु लोकतन्त्रका लागि खतरनाक भएको उनको भनाई छ । संवैधानिक परिषद्मा ६ जना वरिष्ठ व्यक्तिहरू त्यसको सदस्य रहेको बताउँदै उनले भने– त्यो पास गरिदिएको भए हुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्