नगर बस संचालनका लागि विराटनगर महानगरपालिकाले बढायो सार्वजानिक–निजी साझेदारी अवधारणा

<span class='c1'>नगर बस संचालनका लागि विराटनगर</span> <span class='c2'>महानगरपालिकाले बढायो सार्वजानिक–निजी साझेदारी अवधारणा</span>

प्रेम देवान
विराटनगर । जनसहुलियतका लागि सार्वजनिक यातायातको आधुनिक विकल्पको रुपमा रहेको नगर बस सञ्चालनमा विराटनगर महानगरपालिकाले सार्वजानिक–निजी अवधारणा अगाडी सारेको छ । प्रदेश लगानी प्राधिकरणमार्फत लगानी जुटाएर आर्थिक वर्ष २०७९÷८० मा ‘नगर बस सेवा’ सञ्चालन गर्ने घोषणा गरिएको थियो । तर, प्रदेश लगानी प्राधिकरणले यो प्रक्रियाको सहजीकरणमा अलमल गरेपछि महानगरपालिका आफैंले नगर बस सञ्चालन गर्ने तयारी थालेको हो ।

घोषणा गरेको तीनबर्ष वितिसक्दा पनि नगर बस सेवा संचालनबारे अत्तोपत्तो नभएपछि नगरवासीले यसको आलोचना गर्दै आएका थिए । नगर बस सञ्चालन योजनामा असफल हुँदा महानगरपालिकाका सफल योजनामा समेत त्यसैको नाम जोडेर आलोचना हुने गरेको थियो । विराटनगर महानगरपालिकाले नगर बस सञ्चालनका लागि सार्वजानिक सुचना आह्वान गरेको छ । जसमा सार्बजनिक निजी साझेदारीको अवधारणालाई अगाडी सारिएको छ । सार्वजानिक निजी साझेदारी ऐन, २०७८ को दफा २० बमोजिम ईच्छुक व्यक्ति , संघ सस्थाहरुलाई २०८२ साल साउन ९ गते पहिलोपटक सार्वजनिक सूचनामार्फत आह्वान गरिएको हो । यसको म्याद ३० दिनको रहेको छ ।

 

 

महानगरले सुरुवातमा क्षेत्रभित्र ५ देखि १९ वटा वातानुकूलित बस सञ्चालन गर्ने घोषणा गरेको थियो । नगर बस सेवा संचालनमा ढिलाई हुँदा विराटनगर जस्तो बढ्दो सहरीकरण भएको क्षेत्रमा अत्यावश्यक योजना मानिएको थियो । तर यस्ता जनमुखी योजनाहरू समयमै कार्यान्वयन हुन नसक्नुले नगरपालिकाको क्षमता र जिम्मेवारीमाथि प्रश्न उठ्दै आएको छ । महानगरले विराटनगरमा नगर बस संचालन गर्नको लागि ५ वटा रुट तयार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्