मोरङका एक हजार ६४४ परिवारलाई घर

<span class='c1'>मोरङका एक हजार</span> <span class='c2'>६४४ परिवारलाई घर</span>

विराटनगर । जनता आवास कार्यक्रम अन्तर्गत मोरङ, सुनसरी तथा उदयपुर जिल्लामा सातवर्षमा चार हजार ३६६ घर निर्माण भएका छन् । प्रदेश सहरी विकास तथा भवन कार्यालय मोरङ, विराटनगर अन्तर्गत मोरङमा एकहजार ६४४, सुनसरीमा एक हजार ४५१ र उदयपुरमा एक हजार २३१ घर निर्माण भएका हुन् ।

जनता आवास कार्यक्रम मोरङका फोकल पर्सन सव–इन्जिनियर ओम शर्माका अनुसार संघीय सरकारको क्रमागत योजना अन्तगृत कोशी प्रदेश सरकारलाई हस्तान्तरण भएका र प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत घरहरु निर्माण हुँदै आएका छन् ।
प्रदेश सरकारले जनता आवास कार्यक्रम अब जिल्लास्थित पूर्वाधार कार्यालयलाई हस्तान्तरण गरेको छ । कोशीका १४ जिल्लामा पूर्वाधार कार्यालय स्थापना गरेसँगै जनता आवास कार्यक्रम जिल्लागत हेर्ने गरी राखिएको हो ।

सव–इन्जिनियर शर्माका अनुसार संघीय सरकारसँगै प्रदेश सरकारले समेत यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । कोशी प्रदेश सरकार स्थापना भएपछि मोरङमा ७५, सुनसरीमा ७६ र उदयपुरमा ४० वटा घर निर्माण भएका छन् । संघका क्रमागत र प्रदेश सरकारको कार्यक्रम अन्तर्गत सबै घरभने लाभग्राहीलाई हस्तान्तरण गरिसकिएको छ । त्यस बाहेक मोरङमा ७१ र सुनसरीमा ३७ घर प्रदेश सरकार जनता आवास कार्यक्रम अन्तर्गत निर्माणाधिन चरणमा रहेका छन् ।

लाभग्राहीले कन्सल्टेन्सीसहित एउटा घर वापत तीनलाख ५० हजार पाउने व्यवस्था छ । जसमध्ये लाभग्राहीको १० प्रतिशत लागत सहभागिता हुनुपर्ने प्रावधान रहेको छ । आर्थिक रुपले विपन्न दलित, मुस्लिम, सिमान्तकृत तथा लोपोन्मुख जाती तथा समुदायको सुरक्षित बसोबासका लागि आवास निर्माण गरिदैं आएको छ । जसमा जस्ता, इटा, काठ तथा फलाम र बाँसको प्रयोग गरेर दुई कोठे घर निर्माण गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्