विराटनगरमा ‘अर्गानिक घर’को नयाँ पसल सञ्चालनमा

<span class='c1'>विराटनगरमा ‘अर्गानिक घर’को</span> <span class='c2'>नयाँ पसल सञ्चालनमा</span>

विराटनगर श्रावन १६ ,
अर्गानिक उत्पादनको प्रवर्द्धन गर्ने उद्देश्यसहित 'अर्गानिक घर'को नयाँ पसल आज विराटनगरको ट्राफिक चोकस्थित रेनबो गल्लीमा सञ्चालनमा आएको छ।

विहान सम्पन्न एक विशेष उद्घाटन समारोहमा विराटनगर महानगरपालिकाकी उपप्रमुख शिल्पा निरला कार्कीले पसलको उद्घाटन गरेकी थिइन्। कार्यक्रममा युवा व्यवसायी मनोज विक्रम शाह, विवेक दाहाल लगायतको उपस्थिति रहेको थियो।

'अर्गानिक घर'का निर्देशक तथा युवा व्यवसायी अभिषेक गौतमद्वारा यो नयाँ पसल सञ्चालनमा ल्याइएको हो। पुरानो पसलकै छेउमा विस्तार गरिएको यो नयाँ शाखामा विभिन्न पहाडी जिल्लाबाट ल्याइएका अर्गानिक खाद्यपदार्थ तथा अन्य सामग्रीहरु उपलब्ध गराइनेछ।

स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइएको पसलमा स्वास्थ्यप्रेमी उपभोक्ताका लागि गुणस्तरीय सामग्रीहरु सजिलै पाउन सकिने संचालक गौतमले बताए।

सफा खाना, स्वस्थ जीवनशैली र स्वदेशी उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ 'अर्गानिक घर'ले बजारमा आफ्नो फरक पहिचान बनाउँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्