“तर्क, तथ्य र तालीको माहोल — सामाजिक सञ्जालको प्रभावमाथि निर्णायक वादविवाद”प्रतियोगिता शुक्रबारका दिन भव्य रूपमा सम्पन्न

<span class='c1'>“तर्क, तथ्य र तालीको माहोल — सामाजिक सञ्जालको</span> <span class='c2'>प्रभावमाथि निर्णायक वादविवाद”प्रतियोगिता शुक्रबारका दिन भव्य रूपमा सम्पन्न</span>

विराटनगर । कानुनी समाज केन्द्रको आयोजना तथा पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत कलेज अफ लको सहकार्यमा आयोजना गरिएको सामाजिक सञ्जालको प्रयोग – वरदान कि अविशाप भन्ने शिर्षकमा भएको वादविवाद प्रतियोगिता–२०८२ शुक्रबारका दिन भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि पूर्वाञ्चल विश्वविद्यालयका रजिस्ट्रार प्रा डा कल्याणी मिश्र त्रिपाठी रहनुभएको थियो। विशेष अतिथिका रूपमा शिक्षा, कला तथा कानुन संकायका डिन प्रा डा राम प्रसाद ढकाल, क्याम्पस प्रमुख महेश निरौलासहित कलेजका प्राध्यापकहरू, कर्मचारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूको सक्रिय सहभागिता, लगनशीलता र सहकार्यले कार्यक्रमको सफलता सुनिश्चित गरेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा पूर्वाञ्चल विश्वविद्यालय कलेज अफ ल का छात्र र छात्राहरुले उक्त  शिर्षकमा बहस गरेका थिए ।

प्रतियोगितामा द्रोसो वर्षमा अध्यनरत निसु कार्की प्रथम, प्रथम वर्षमा अध्यनरत भावना गुरुङ द्वितीय तथा एल्जिना थापा तृतीय स्थान हासिल गर्न सफल भएका छन्। विजयी प्रतियोगीहरूलाई मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरिएको थियो।

कार्यक्रमले कानुनी चेतना अभिवृद्धि गर्न तथा वकालतमा चासो राख्ने विद्यार्थीहरूलाई प्रोत्साहन दिने विश्वास आयोजकले व्यक्त गरेका छन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्