तस्करी रोक्न मुख्यमन्त्री कार्कीको निर्देशन

<span class='c1'>तस्करी रोक्न मुख्यमन्त्री</span> <span class='c2'>कार्कीको निर्देशन</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाडपर्व नजिकँदै जाँदा खुल्ला सीमानाकाबाट हुनेसक्ने चोरी पैठारी तथा निकासी रोक्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको प्रदेश सुरक्षा समन्वय समितिको बैठकमा मुख्यमन्त्री कार्कीले सबै प्रकारका कालोबजारी र तस्करीलाई निस्तेज गर्न निर्देशन दिएका हुन् ।

मुख्यमन्त्रीको विशेष आतिथ्यमा भएको बैठकमा कोशी प्रदेशको शान्ति सुरक्षाको अवस्था र विपद व्यवस्थापनको बारेमा समेत छलफल भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव कमलबहादुर थापाका अनुसार कोशी प्रदेशमा अहिले देखिएका सुरक्षा चुनौती, गर्नुपर्ने काम र सीमा सुरक्षा लगायतका विषयमा छलफल भएको हो ।

बैठकमा लागू पदार्थ बेचबिखन, ओसारपोसार, रोकथाम साथै सडक सुशासनमा कार्ययोजना बनाएरै लाग्ने निर्णय गरिएको छ । सीमा क्षेत्रमा भइरहेको तस्करी नियन्त्रण लाई प्रभावकारी ढंगले काम गर्न सुरक्षाकर्मीहरुलाई मुख्यमन्त्री कार्कीले निर्देशन दिएका थिए । उपसचिव थापाका अनुसार सुरक्षा समन्वय समितिको बैठकमा कोशी प्रदेशका सुरक्षा निकायका प्रमुख साथै मोरङ, सुनसरी र झापाका प्रमुख जिल्ला अधिकारीको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्