पिण्डेश्वरीको झझल्को दिनेगरी विराटनगरमा ‘कावर यात्रा’ बोलबम (फोटो फिचर )

<span class='c1'>पिण्डेश्वरीको झझल्को दिनेगरी विराटनगरमा ‘कावर</span> <span class='c2'>यात्रा’ बोलबम (फोटो फिचर )</span>

विराटनगर । साउन महिनाभरी शिव भगवानको महिमा मानिन्छ । मुलुकभरका शिवालयहरुमा शिव भगवान्को पुजापाठदेखी आरती हुने गर्दछ । अझ विशेषगरी हरेक सोमबार शिव भगवान्को व्रत बस्नेदेखी बोलबम जाने गर्दछन् ।


पूर्वको धरान स्थित पिण्डेश्वरी मन्दिरमा विभिन्न स्थानबाट हजारौको सख्यामा श्रद्धालु भक्तजन जल जडाउन जाने गर्दछन् । यसैविच भक्तजनहरुलाई सहज बनाउनको निम्ति विराटनगर महानगरपालीका वाड नम्बर ८ मा रहेको भागवतीथान बटकेश्वर महादेव मन्दिर समितिले विगत ६ बर्षदेखी कावर यात्रा निकाल्ने गरेको छ ।
भागवतीथान बटकेश्वर महादेव मन्दिर समितिले सोमवार मन्दिर परिसरबाट हजारौँको सख्यामा ‘कावर यात्रा २०८२’ निकालिएको छ । भगवती बटकेश्वर महादेव मन्दिर परिसरमा ३१ फिटको काबरको पुजाआजागरी यात्रा निकालिएको थियो ।


कावरा यात्राले विराटनगरको विभिन्न स्थानको नगरपरिक्रमा गरी वरगाछी स्थित रहेको वासुकीनाथ महादेव मन्दिरमा पुगेर विधि पुर्वक जल अपर्ण गरिएको छ ।
विगत ६ बर्षदेखी यो धार्मिक यात्रामा हजारौँको सख्यामा श्रद्धालु भक्तजन सहभागी भएको मन्दिर समितिका अध्यक्ष राघव सहनीले जानकारी दिए ।


हरेकवर्षको साउन महिनामा आयोजना हुने धार्मिकयात्रामा सहभागी भक्तजन, वाजागाज झाकी सहित पैदल हिडेर वासुकीनाथको मन्दिरमा पुगेर जल चढाउने गरेका छन् । कार्यक्रममा मोरङ क्षेत्र न ५ का प्रतिनिधि सभा सदस्य योगेन्द्र मण्डल ,मोरङ क्षेत्र न ४ ख का कोशी प्रदेससभा सदस्य भिम पराजुली ,विराटनगर महानगरपालीका वडा नम्बर ८ का वडा अध्यक्ष राम पोखरेल  लगायत विशिष्ट व्यक्तित्वहरुको सहभागि रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्