विराटनगर श्रावन २० , मोरङ्ग चेम्बर अफ कमर्सको छैठौं बार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन २०८२ को अवसरमा नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटललाई सम्मान पत्र प्रदान गरिएको छ ।
नोवेलका अध्यक्ष लोकनाथ न्यौपानेलाइ सम्बोधन गरी लेखिएको सम्मान पत्रमा भनिएको छ "तपाईले यस कोशी प्रदेशको विराटनगरलाई केन्द्रमानी स्वास्थ्य क्षेत्रमा देशको अग्रणी सहर बनाउन निजी लगानीमा मेडिकल कलेज टिचिङ्ग हस्पिटल स्थापना गरी निरन्तर निष्ठापूर्वक गर्नु भएको प्रयास र योगदानलाई कदर गर्दै यहाँको आगामी जिवनकाल समेत यस क्षेत्रको विकासमा अझ उर्जाशिल रहोस् भन्ने कामनाका साथ यो सम्मान—पत्र प्रदान गरिएको छ ।
कोशी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, नेपाल चेम्बर अफ कमर्सका केन्द्रिय अध्यक्ष कमलेश कुमार अग्रवाल र मोरङ्ग चेम्बर अफ कमर्सका अध्यक् यादव पोखरेलको हस्ताक्षर भएको कदर पत्र नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका महाप्रवन्धक दिपेश राईले ग्रहण गर्नु भएको थियो ।