विराटनगर । पाँचथरको याङवरक गाउँपालिका–१ च्याङथापुबाट साउन १५ गतेदेखि हराइरहेका दाजुबहिनी स्थानीय बिरुवा खोलामा मृत अवस्थामा फेला परेका छन् । स्थानीय बिर्ख राईका ९ वर्षीय छोरा शिशिर राई र ६ वर्षीया छोरी नानुमा राई मंगलबार बिहान बिरुवा खोलामा मृत अवस्थामा भेटिएका हुन् ।
उनीहरु भेटिएको स्थानलाई प्रहरीले सुरक्षित गरेर घटनाको अनुसन्धान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार बालबालिका साउन १५ गते शुक्रबार बिहानदेखि हराइरहेका थिए । बेपत्ता बालबालिकाको खोजीमा परिवार, स्थानीय बासिन्दा, प्रहरी, वडा कार्यालय तथा जनप्रतिनिधिहरू गाउँ र आसपासको जंगल, नदी किनार र आसपासका क्षेत्रमा खोजी गरेका थिए ।
च्याङथापु १ र ८ लाई सिमाना छुट्याएर बग्ने विरुवा खोलामा दुवै जनाको शव भेटिएको हो । बालबालिकाको शव घट्नास्थलको प्रकृति मुचुल्का तयार गरेर पोष्ट मार्टका लागि जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कौशलकुमार बुढाथोकीले जानकारी दिएका छन् ।