बिद्युत ट्रान्सफर्मर चोरी गर्ने गिरोह समाउन ३५ जना सादा पोशकका प्रहरी परिचालन

<span class='c1'>बिद्युत ट्रान्सफर्मर चोरी गर्ने गिरोह समाउन</span> <span class='c2'>३५ जना सादा पोशकका प्रहरी परिचालन</span>

विराटनगर । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा बिद्युत ट्रान्सफर्मर चोरीमा संलग्न पक्राउ गर्न प्रहरीले ४० दिन खर्चेको छ । गत असार १० गते नेपाल बिद्युत प्राधिकरण प्रादेशिक कार्यालय विराटनगरले कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा संलग्नको खोजतलास गरिदिन पत्राचार गरेको थियो । त्यसयता प्रहरीले संलग्नहरुको पहिचान र पक्राउ गर्न ३५ जना सादा पोशाकका प्रहरी परिचालन गरेको हो ।

प्रादेशिक अपराध अनुसन्धान समुह विराटनगरको नेतृत्वमा सम्बन्धित जिल्ला समेतलाई संलग्नमा चोरीमा संलग्नलाई नियन्त्रणमा लिनका लागि ३५ जना सादा पोशाकका प्रहरीलाई रातभर रेकी गराइएको थियो । चोरीमा संलग्नहरुले स्थान छनौट र पोलबाट झिकेको ट्रान्सफर्मरबाट तामाको तार निकाल्ने शैली एउटै देखिएपछि संभावित स्थानमा रातभर प्रहरी खटाइएको हो ।

उजुरी परेको ४० दिनमा गत माघयता बिद्युत ट्रान्सफर्मर चोरीका घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न आरोपी सातजना र चोरीएका ट्रान्सफर्मरको सामान खरिद गर्ने पाँचजनालाई नियन्त्रणमा लिएको विवरण मंगलबार सार्वजानिक गरेको छ ।
गत साउन ९ गते रंगेली नगरपालिका–९ इट्टाभट्टा चौकमा खानेपानी आयोजनाको डिप बोरिङ चलाउनका लागि जडान गरिएको ट्रान्सफर्मर चोरी गर्ने तरखरमा रहेको एउटा समूहलाई फेला पारेको थियो । जसमध्ये अर्जुनकुमार थारुलाई नियन्त्रणमा लिइएको थियो । त्यसपछि प्रहरीले संलग्नहरु पक्राउ गर्न सफल भएको छ । रंगेलीमा मध्यरातमा संलग्न आशंकामा नियन्त्रणमा लिइएका व्यक्तिकै समुह नै झापा, मोरङ र सुनसरीका ट्रान्सफर्मर चोरी गर्ने गरेको पाइएको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) इश्वर कार्कीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा चोरीमा संलग्न र चोरिएका सामान खरिद गर्ने कार्यमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् ।
यो समुहले मोरङका आठ, सुनसरीका १२ र झापाका २ स्थानका ट्रान्सफर्मर चोरी गरेको आरोप छ । चोरीमा संलग्नहरुबाट कृषिका सिंचाई प्रयोजनका लागि जडान गरिएका ट्रान्सफर्मर झिक्ने र बिक्री गर्दै आएको पाइएको थियो ।
घटनामा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी कारवाही गरिदिन नेपाल बिद्युत प्राधिकरण कोशी प्रदेश कार्यालयले असार १० गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा पत्राचार गरेको थियो ।

पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार संलग्न आरोपमा मोरङको ग्रामथान गाउँपालिका–४ का ४२ वर्षीय अर्जुनकुमार माझी, ग्रामथान–५ का ३१ वर्षीया इरज धामी, सुनसरी दुहबी नगरपालिका–३ का ३५ वर्षीया अनुज विश्वास, दुहबी नगरपालिका–२ का ३९ वर्षीय प्रयोग कुमार खाँ, मोरङ बेलबारी नगरपालिका–४ का २६ वर्षीय अर्जुन चौधरी, बेलबारी–३ का २७ वर्षीय रन्जित तामाङ र भारत घर भई दुहबी नगरपालिका–४ ससुरालीमा बस्ने ३४ वर्षीय आलम मिया छन् ।

ट्रान्सफर्मर चोरी गरेपछि त्यसबाट निकालिएको कपर लगायतका सामान भने मेटल उद्योगी, भाँडा पसले, कवाडी उद्योगीले खरिद गर्दै आएको पाइएको छ । जसमा कवाडी व्यवसाय गर्ने विराटनगर–३ का ५३ वर्षीय लक्ष्य प्रधान, भाँडा वर्तन व्यापारी विराटनगर–६ का ६२ वर्षीय कृष्णगोपाल ताम्राकार, मोरङ बुढीगंगा गाउँपालिका ३ का एसएस मेटल फ्याक्ट्रीका सञ्चालक बिनय शाह, सुनसरी दुहबी नगरपालिका–३ का ३२ वर्षीय योगेश अग्रवाल, दुहबी २ का ३१ वर्षीय कपिल भट्ट र इटहरी उपमहानगरपालिका–४ का ३९ वर्षीय सिताराम राईले खरिद गर्ने गरेको पाइएको छ । उनीहरुलाई समेत पक्राउ गरिएको डिआईजी कार्कीले जानकारी दिएका छन् । चोरीमा संलग्नले बिक्री गरेको तामाको तार खरिद गरेर पसलेहरुले राखेको अवस्थामा ३६८ केजी बरामद गरिएको छ ।

नेपाल बिद्युत प्राधिकरणको मूल्यांकन अनुसार चोरी भएका २२ वटा ट्रान्सफर्मर दुई करोड मूल्य बराबरका हुन् । यस बाहेक ढुवानी खर्च, जडान खर्च छुट्टै रहेको छ । डिआईजी कार्कीका अनुसार संलग्नहरु बिद्युत जडानसँग ज्ञान छन् ।
प्रहरीले ट्रान्सफर्मर चोरीमा प्रयोग गरिएका औजारमा डायल रेन्ज २२ थान, सलाई रेन्ज ३ थान, पिलास ३ थान, पेचकस ३ थान, छिनो १ थान, साङली १ थान, कैंची १ थान, ह्याक्सो बिलेट ३ थान बरामद गरेको छ । उनीहरुले प्रयोग गर्ने ६ वटा मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिइएको छ ।

ट्रान्सफर्मर पोलबाट झारेपछि यो समुहले त्यँिह, भित्रको कपर झिकेर भाँडो छोड्ने गरेको थियो । चोरी भएका सबै स्थानमा एकै प्रकारको जुक्ति उनीहरुले लगाउने गरेको पाइएको थियो । स्थान छनौटदेखि चोर्ने शैली समेत एकै देखिएपछि यो एउटै समुह रहेको प्रहरीले अनुमान गरेको थियो । तर, खोजतलास गर्दैगर्दा समेत ट्रान्सफर्मर भने चोरी भइरहेका थिए । त्यसपछि एकान्त स्थानका ट्रान्सफर्मरको रेकी गर्न प्रहरी परिचालन गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्