विराटनगर । विद्यार्थीहरुको नेतृत्व, अनुशासन र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यसहित विराटनगर बास्केटबल एकेडेमीले “एक्सपर्ट छैठौं विराटनगर बास्केटबल कप २०८२” आयोजना गर्न लागेको छ ।
विराटनगर बास्केटबल एकेडेमीले बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजनागरी प्रतियोगिता साउन २३ गतेदेखि भदौ २१ गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । विद्यालय स्तरीय यो प्रतियोगितामा छात्रातर्फ ८ टिमको सहभागिता रहनेछ भने छात्र समुहमा ९ वटा प्रतिस्पर्धी टिमहरूको सहभागिता रहने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

जसमा छात्रा समुहमा सेन्टमेरिज स्कुल, बालकल्याण विद्यामन्दिर, अरनिको मावी,अर्पण मावि, आर्दश मावि, सगरमाथा मावि, एभरेष्ट मावी,सेन्ट जोसेफ मावि रहेका छन् भने छात्र तर्फ बालकल्याण विद्या मन्दिर, ब्राईट फ्युचर मावि सुन्दर हरैचा, अरनिको मावि, सेन्टजोसेफ मावि, शिक्षादिप मावि, सगरमाथा मावि,अर्पण मावि, एभेरेष्ट मावि, डिपिएस मावि रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेल बालकल्याण विद्या मन्दिर स्कुलको कोर्टमा विकेविएम र शिक्षादिप कलेज बीच हुनेछ । कार्यक्रमका संयोजक त्रिलोक बास्तोलाका अनुसार प्रतियोगिताले स्थानीय विद्यालयहरूका खेलाडीहरूलाई आफ्नो प्रतिभा देखाउने प्लेटफर्म प्रदान गर्नेछ । “यो प्रतियोगिता होम एण्ड अवय लिग फर्मेटमा हुनेछ,” जसमा सहभागि टोलीहरुले एक अर्को विद्यालयमा गएर खेल्नेछन् ।’
यस अघिको संस्करणमा विराटनगर बास्केटबलको उपाधी छात्रा तर्फ अरनिको मावि र छात्र तर्फ विकेविएम भएका थिए । विराटनगर बास्केटबल एकेडेमीका अध्यक्ष सरोज लम्सालका अनुसार, एक महिना सम्म हुने प्रतियोगितालाई सफल बनाउन आयोजकले विभिन्न विद्यालय, अभिभावक र खेलप्रेमीहरूलाई साथ र सहयोगको अपेक्षा राखेकाछौँ ।’