एनपीएल दोस्रो संस्करणका लागि मिनी अक्सनमा कोशी प्रदेशका १४ खेलाडी समावेश (सुची सहित)

<span class='c1'>एनपीएल दोस्रो संस्करणका लागि मिनी अक्सनमा कोशी</span> <span class='c2'>प्रदेशका १४ खेलाडी समावेश (सुची सहित)</span>

विराटनगर साउन २१ , नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणका लागि हुन लागेको मिनी अक्सनमा सहभागी हुने खेलाडीहरूको अन्तिम सूची नेपाल क्रिकेट संघ (क्यान)ले सार्वजनिक गरेको छ।

बुधबार जारी गरिएको आधिकारिक विज्ञप्तिमा क्यानले १५० जना खेलाडीको नाम समावेश गरेको छ, जसले अक्सनमा भाग लिनेछन्। यसअघि अक्सनमा सहभागी हुन ४५८ जना खेलाडीले आवेदन दिएका थिए।

कोशी प्रदेशबाट १४ जना खेलाडी अन्तिम सूचीमा पर्न सफल भएका छन्। अक्सनमा कोशी प्रदेशबाट सामेल हुने खेलाडीहरूमा भुपाल लुइँटेल, लभ कामत, प्रेम कामत, शिवास बजगाईं, श्रवन किशु, श्रवन यादव, सुजन थपलिया, सुर्यन्सु कोइराला, अमन गोयल, अंकित सुबेदी, बिपिन कुमार महतो, फिर्दोश अन्सारी, सुनिल दौयाल र सकिब हक रहेका छन्।

यी सबै खेलाडीलाई कुनै पनि फ्रेन्चाइज टिमले अक्सनमार्फत आफ्नो टिममा भित्र्याउन सक्ने छन्।

कोशी प्रदेशबाट एनपीएलमा विराटनगर किंग्स फ्रेन्चाइजले प्रतिनिधित्व गरिरहेको छ। सम्भावना रहँदासम्म यी खेलाडीमध्ये केहीलाई विराटनगर किंग्सले आफनो टिममा भित्र्याउने अपेक्षा गरिएको छ।

एनपीएलको दोस्रो संस्करण प्रति क्रिकेटप्रेमीहरूको चासो बढ्दो छ, र मिनी अक्सनमार्फत फ्रेन्चाइज टिमहरूले रणनीतिक रूपमा खेलाडी चयन गर्ने तयारी गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्