विराटनगर । फोटोग्राफर संघ मोरङले आफ्ना दिवंगत कोषाध्यक्ष नविन खनालका परिवारलाई बीमा रकम तथा काजकिरिया खर्च हस्तान्तरण गरेको छ । संघले खनालको निधनपछि उनको परिवारलाई आर्थिक राहतस्वरूप र २ लाख ५० हजार बराबरको बीमा रकम र काजकिरिया खर्च प्रदान गरेको हो ।
उक्त रकम प्रोटेक्टिभ माईक्रो ईन्स्योरेन्स लिमिटेड मार्फत उपलब्ध गराइएको हो । बीमा कम्पनीकी सिनियर असिस्टेन्ट रस्मी दाहाल र फोटोग्राफर संघ मोरङका अध्यक्ष पुरुन राईले मृतक खनाल, श्रीमती सारदा खनाललाई रकम हस्तान्तरण गरिएको थियो ।
फोटोग्राफर संघ मोरङका अध्यक्ष पुरुन राईले स्व. खनालको योगदानको स्मरण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरे। साथै, भविष्यमा पनि संघले आफ्ना सदस्यहरूको हितका लागि यस्ता सामाजिक सुरक्षाका कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा संघका पदाधिकारी, स्थानिय फोटोग्राफरहरू, ईन्स्योरेन्स कम्पनीका प्रतिनिधि तथा स्व। खनालका आफन्तजनको उपस्थिति थियो । फोटोग्राफर नविन खनालको केही समयअघि मोटरसाईकल दुर्घटनामा परि उपचारको क्रममा असामयिक निधन भएको थियो । खनालका एक छोरा , एक छोरी रहेका छन् ।