एनपिएल २ अक्सनमा विराटनगर किंग्सको बजेट कति, कोशी प्रदेशको कुन खेलाडी पर्लान टिममा ?

<span class='c1'>एनपिएल २ अक्सनमा विराटनगर किंग्सको बजेट कति,</span> <span class='c2'>कोशी प्रदेशको कुन खेलाडी पर्लान टिममा ?</span>

विवेक दाहाल ,
विराटनगर श्रावन २३। नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो संस्करणको मिनी अक्सन शनिबार हुँदैछ । अक्सनमा १५० खेलाडी छनोट भएका छन्, जसबाट ३७ खेलाडी खरिद–विक्रि हुनेछन्।

पहिलो संस्करणको अक्सनमा ८ फ्रेन्चाइज टोलीले ८० खेलाडी किनेका थिए। तर, त्यस सिजनका ३८ खेलाडी रिलिज भइसकेका छन्। यसपटक कर्णाली याक्सले ट्यालेन्ट हन्टमार्फत आएका विपिन शर्मालाई ‘सी’ ग्रेडमा अनुबन्ध गरेपछि मिनी अक्सनमार्फत बाँकी ३७ खेलाडी टिममा आवद्ध हुनेछन्।

यस अक्सनमा ग्रेड ‘ए’ मा ८, ‘बी’ मा ३५ र ‘सी’ मा १०५ खेलाडी रहेका छन्। अघिल्लो सिजनजस्तो ग्रेडअनुसार अनिवार्य कोटा यसपटक छैन। टिमले आवश्यकताअनुसार जुनसुकै ग्रेडका खेलाडी खरिद गर्न पाउनेछन्। प्रत्येक टिमलाई खेलाडी खरिदमा अधिकतम ९० लाख खर्च गर्ने अनुमति छ। रिटेन खेलाडीको मूल्य घटाएर बाँकी रकमबाट खेलाडी किन्न सकिने व्यवस्था गरिएको छ।

विराटनगर किंग्सको स्थिति
कोशी प्रदेशको प्रतिनिधित्व गर्ने विराटनगर किंग्सले यसपटक पनि सन्दीप लामिछानेलाई मार्की खेलाडीको रुपमा राखेको छ। टोलीले लोकेश बम (१५ लाख), प्रतिश जिसी (१५ लाख), बशीर अहमद (१० लाख), सुवास भण्डारी (२ लाख ५० हजार) र नरेन भट्ट (२ लाख) लाई रिटेन गरेको छ।

यी पाँच रिटेन खेलाडीको कुल खर्च ४४ लाख ५० हजार पुगेको छ। त्यसैले अक्सनका लागि विराटनगर किंग्ससँग ४५ लाख ५० हजार रुपैयाँको बजेट बाँकी छ। टोलीलाई अझै ५ खेलाडी चाहिने भएकाले अक्सनमा सक्रिय देखिने अपेक्षा गरिएको छ।

कोशी प्रदेशका १४ खेलाडी अक्सनमा रहेका छन्, जसबाट विराटनगर किंग्सले केहीलाई टोलीमा भित्र्याउने अनुमान गरिएको छ। यी खेलाडीमा भुपाल लुइँटेल, लभ कामत, प्रेम कामत, शिवास बजगाईं, श्रवन किशु, श्रवन यादव, सुजन थपलिया, सुर्यन्सु कोइराला, अमन गोयल, अंकित सुबेदी, बिपिन कुमार महतो, फिर्दोश अन्सारी, सुनिल दौयाल र सकिब हक सामेल छन्।

मिनी अक्सनमा विराटनगर किंग्सले कसलाई टिममा भित्र्याउँछ भन्नेमा अब सबैको नजर परेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्