विराटनगर । मानव अधिकार सञ्जाल विराटनगर पुनर्गठन भएको छ ।
आज(शुक्रबार) अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाका प्रतिनिधिको भेलाले बाँसु अधिकारीलाई संयोजक तोकेको हो ।
निवर्तमान संजालका अध्यक्ष विनोद पोखरेलको अध्यक्षतामा बैठक बसेर सञ्जाल पुनर्गठन गर्ने निर्णय गरेको थियो । प्रदेश बाल अधिकार परिषदका सदस्य तथा सिविन नेपालका प्रदेश प्रमुख अधिकारीलाई संयोजक तोकेको भेलाले सहसंयोजकमा अधिवक्ता तथा ओरेक नेपालका प्रदेश संयोजक शोभा बजगाँईलाई चयन गरेको छ ।
विराटनगरमा सञ्जाल २०६४\२०६५ सालदेखि मानव अधिकार तथा सामाजिक न्यायका क्षेत्रमा पैरवी गर्दै आएको छ ।
