विराटनगरमा महिला उद्यम समितिले मनायो तीज

<span class='c1'>विराटनगरमा महिला उद्यम</span> <span class='c2'>समितिले मनायो तीज</span>

विराटनगर । तीजको अवसर भित्रनै लाग्दा मोरङ उद्योग व्यापार संघको महिला उद्यम समितिद्वारा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरिएको छ । संघको महिला उद्यम समितिकी संयोजक श्रुती श्रर्माको सभापतित्वमा तीज शुभकामना कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा विराटनगर महानगरपालिकाका उपमेयर शिल्पा निराला कार्कीको प्रमुख उपस्थितिमा कार्यक्रम भएको हो । बुढिगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छदार, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशकी उप–सचिव श्रीमती जानुका न्यौपाने, नेपाल उद्योग परिसंघ, कोशीकी उपाध्यक्ष गिरिजा सारडा, जिल्ला प्रहरी कार्यालय, मोरङकी प्रहरी नायव उपरीक्षक कोपिला चुँडालको कार्यक्रममा उपस्थित रहेका थिए ।

कार्यक्रममा विराटनगर महानगरपालिका उप–मेयर शिल्पा निराला कार्कीले सबैलाई तीजको शुभकामना दिएकी थिइन् । महिलाहरुले समानता र स्वतन्त्रताको लागि संघर्ष गर्दै आएको, संविधानमा महिलाहरुकालागि गरिएको ३३ प्रतिशतको आरक्षणको व्यवस्थाले महिला अधिकार सुनिश्चित नहुने हुँदा त्यसलाई ५० प्रतिशत पु¥याउनु पर्ने उनले त्यस अवसरमा बताएकी थिइन् ।

कार्यक्रमको औपचारिक सत्रमा विशिष्ट अतिथिहरुले समेत शुभकामना व्यक्त गर्दै आ–आफ्नो मन्तव्य राख्नु भएको थियो । बुढिगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता गच्छदारले महिलाहरुको हक अधिकारको लागि कानून बनेतापनि व्यवहारिक रुपमा अझै पनि महिलाहरु शारीरिक, मानसिक र सामाजिक उत्पीडनमा रहेको बताउँदै आफ्नो अधिकार प्राप्तिका निम्ति आफैँले आवाज उठाउनु पर्ने बताएकी थिइन् ।
उद्योग, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव जानुका न्यौपानेले महिलाहरुको सशक्तिकरण र आत्मनिर्भताको लागि शुभकामना दिनु हँुदै विभिन्न कार्य क्षेत्रमा आवद्ध महिला प्रतिनिधि तथा उद्यमी महिलाहरुलाई संघमा आमन्त्रण गरेकोमा आयोजक प्रति आभार व्यक्त गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्