एक्स्पर्ट छैठौँ विराटनगर बास्केटबल प्रतियोगिताको उद्घाटन सम्पन्न

<span class='c1'>एक्स्पर्ट छैठौँ विराटनगर बास्केटबल</span> <span class='c2'>प्रतियोगिताको उद्घाटन सम्पन्न</span>

विराटनगर । विराटनगर बास्केटबल एकेडमीको आयोजनामा एक महिनासम्म सञ्चालन हुने एक्स्पर्ट छैठौँ विराटनगर बास्केटबल प्रतियोगिता शुक्रबार औपचारिक रूपमा उद्घाटन गरिएको छ।

साउन २३ गतेदेखि सुरु भएको प्रतियोगिताको उद्घाटनपछि पहिलो खेल विकेभीएम विद्यालय र शिक्षादीप विद्यालयबीच सम्पन्न भयो। खेलमा उत्कृष्ट प्रदर्शन गर्दै विकेभीएमले ७२ अंकका साथ विजयी बनेको छ भने शिक्षादीप विद्यालय १८ अंकमै सीमित रह्यो।

 

कार्यक्रमका प्रमुख अतिथि एक्सपोट एजुकेशन एण्ड भिसा सर्विसेजका निर्देशक अनुभव दाहाल रहेका थिए। सो अवसरमा विभिन्न विद्यालयका प्राध्यापक, शिक्षक, सञ्चारकर्मी, स्वास्थ्यकर्मी लगायतको उपस्थिति रहेको थियो। उद्घाटन समारोहमा प्रतियोगिताको संयोजक त्रिलोक बास्तोलाले विद्यार्थीहरूको खेलकुद विकास र मनोबल अभिवृद्धि हुने विश्वास व्यक्त गर्दै सहभागी टिमहरूलाई शुभकामना दिए।

 

उनले विद्यालय स्तरीय बास्केटबलले स्थानीय प्रतिभा पहिचान र प्रोत्साहनमा महत्वपूर्ण योगदान पुर्याउने बताए। आयोजकका अनुसार प्रतियोगिता साउन २३ गतेदेखि भदौ २१ गतेसम्म सञ्चालन हुनेछ। विद्यालय स्तरीय यो प्रतियोगितामा छात्रतर्फ ८ टिम र छात्रातर्फ पनि ८ टिमको सहभागिता रहनेछ। आगामी एक महिनाभर विभिन्न विद्यालयका टिमहरूले प्रतिस्पर्धात्मक खेल प्रस्तुत गर्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्