विराटनगर । तेरापन्थ युवक परिषद् विराटनगरले आश्विन १ गते आयोजना गर्न लागेको मेगा ब्लड डोनेशन ड्राइभ ( रक्तदान महोत्सव ) को लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायब महानिरीक्षक डिआईजी ईश्वर कार्कीले सहयोग गर्ने प्रतिवद्धता जाहेर व्यक्त गरेका छन् ।
डिआईजी कार्कीले परिषद्को पत्र ग्रहण गर्दै यस्ता कार्यहरू समाजका लागि अत्यन्तै उत्तम र लाभदायक हुने बताउँदै परिषद्को प्रयासको प्रशंसा गर्नुभयो । साथै, उहाँले कोशी प्रदेश प्रहरी कार्यालय मै रक्तदान शिविर आयोजना गर्न अनुमति प्रदान गरेका छन् । परिषद्का महासचिव समित सुरानाले रक्तदान महोत्सव सम्बन्धी सम्पूर्ण जानकारी गराउदै परिषद्ले विराटनगरको जैन भवन सहित १३ स्थानमा रक्तदान शिविर सञ्चालन गर्ने योजना बनाएको र १ हजार पिन्ट बढी रगत संकलन गर्ने जनाएको छ ।

कार्यक्रममा परिषद्का अध्यक्ष अरिहन्त बैद, उपाध्यक्ष अमित धाडेवा, महासचिव समित सुराना, पूर्व अध्यक्ष तथा सल्लाहकार पंकज लुनिया, परिषद्का संगठनात्मक मन्त्री पंकज गुलगुल्या, सदस्य कनिष गोल्छा, सिद्धार्थ सेठिया तथा रक्तदान महोत्सवका सहयोगी लेडिज सर्कल बिराटनगर ५ का सदस्यहरूको उपस्थिति रहेको थियो । असोज १ गते नेपाल सहित ७५ वटा देशमा एकैपटक ब्लड डोनेशन ड्राइभ ( रक्तदान महोत्सव ) गर्दैछ ।