विराटनगरको श्रीराधाकृष्ण मन्दिरमा झुलन महोत्सव

<span class='c1'>विराटनगरको श्रीराधाकृष्ण मन्दिरमा</span> <span class='c2'>झुलन महोत्सव</span>

विराटनगर । विराटनगर १ तीनपैनी स्थित राधाकृष्ण मन्दिरमा शनिबार झुलन महोत्सव धुमधामका मनाइएको छ । राधाकृष्ण रथयात्राको माहोल र तयारीबारे हरेक बर्ष मन्दिरमा राधाकृष्ण भगवनको युगलजोडीको मुर्ति राखेर झुलन महोत्सव गरिदै आएको छ । झुलन महोत्सवको दिन मन्दिर परिसरमा श्रद्धालुभक्तजनहरुको भीड लागेको थियो । झुलन महोत्सवमा भगवान सीताराम र राधाकृष्णलाई झुलामा झुलाइने परम्परा रहेको छ ।

 

 

मन्दिरमा विशेष किसिमको सिंहासन निर्माण गरी सजाईएको गद्दीमा देवीदेवताको प्रतिमा राखी झुलाउने परम्परा रहेको छ । एकातर्फ भगवान राम जानकीलाई झुलामा राखी झुलाइने गरिन्छ भने अर्कोतर्फ नाटक, नाँचगान, भजन किर्तन र लोक कथाहरु हरेक साँझ सुनाईने गरिन्छ । साधु समाजमा यो पर्वको विशेष महत्व रहेको छ । परमात्मासँग जीवात्माको अन्तरंग स्वरुपमा झुल्ने लीला नै झुला महोत्सवको रुपमा मानिदै आएको छ । यसपटक विराटनगरमा भदौ १ गते आईतबार राधाकृष्ण मन्दिरबाट रथयात्रा निकालिदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्