गाईजात्रा विशेष : विराटनगरका नेवारी समुदायले यसरी सम्झिए दिवंगत आफन्त (फोटो फिचर )

<span class='c1'>गाईजात्रा विशेष : विराटनगरका नेवारी समुदायले यसरी</span> <span class='c2'>सम्झिए दिवंगत आफन्त (फोटो फिचर )</span>

विराटनगर । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म ८ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आइतबार (आज) विराटनगर लगायत देशभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।

मृतात्माको शान्तिको कामना गर्दै विराटनगरमा रहेका नेवारी समुदायले विभिन्न झाँकी प्रदर्शन सहित गाईजात्रा विशेष मनाएका छन् । गाईजात्रा पर्वका अवसरमा विराटनगरमा रहेका नेवारी समुदायले विभिन्न भेषभुषामा सजिएर जात्रा निकालिएका छन् ।


विराटनगरको झिःपुचबाट सुरु भएको जात्रा संसारीमाई मन्दिर हुँदै मेनरोड, तीनपैनीको बाटो भएर पोखरियास्थित राधाकृष्ण मन्दिरमा पुगेर समापन भएको छ । नेपालका विभिन्न भागमा विविध विधि र शैलीमा मनाइने गाईजात्रा पर्व विशेषगरी नेवार समुदायले दिवंगत पितृहरूको सम्मान तथा आत्मा–मुक्तिका लागि मनाउने गर्दछन् ।
एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने तथा उनीहरूलाई श्रद्धालुद्वारा दुध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्