विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले क्रिकेट खेलाडी ललित राजवंशीको आमाको निधनमा दुःख व्यक्त गरेका छन् । मुख्यमन्त्री कार्कीले सोमबार विराटनगर १४ स्थित राजवंशी निवासमा पुगेर दुःख व्यक्त गरेका हुन् ।
मुख्यमन्त्री कार्की घरैमा पुगेर परिवारजनमा भेटघाट गरि समवेदना व्यक्त गरेका हुन् । राष्ट्रिय खेलाडी राजवंशीको आमा शुभकुमारी देवी राजवंशीको ६३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।