विराटनगरको ऐतिहासिक नयाँ रथ तयार, प्राविधिक टोलिले गर्यो परीक्षण

<span class='c1'>विराटनगरको ऐतिहासिक नयाँ रथ तयार,</span> <span class='c2'>प्राविधिक टोलिले गर्यो परीक्षण</span>

विराटनगर । भाद्र कृष्णाजन्माष्टमीको भोलिपल्ट विराटनगरमा निकालिने राधाकृष्णा रथयात्रा यस पटक भदौ १ गते आईतबार निकालिदैछ । श्रीराधाकृष्णको युगल जोडीलाई रथारोहण गराउने रथयात्रा भने नयाँ बनेको छ । निर्माणाधीन नयाँ रथको काम सकिएको छ । आज विहान मन्दिर व्यावस्थापन समितिले रथको परीक्षण समेत गरेको छ । मन्दिरका सम्पुर्णटिम , प्राविधीक टोली र स्थानियहरु मिलेर रथको परीक्षण गरिएको हो ।

बुट्टा कुँदिएका काठका पिलर तथा रेलिङहरुको जडान तथा रथको रंगरोगनको काम सबै सकिएपछि सोमबार विहान रथको परीक्षण गरिएको रथयात्रा समारोह समितिका सचिव कृष्ण कार्कीले जानकारी दिए । रथ निर्माणमा झण्डै ३ हजार किलो फलामबाट डायस निर्माण गरिएको छ । जसमा काठका खम्बाहरु लगाइएको छ । रथ निर्माणका लागि मात्रै २ सय ५० क्युवि फिट सखुवा तथा सिसौको काठ प्रयोग भएको दावी गरिएको छ ।


विराटनगर महानगरपालिकाको ४४ लाख ७७ हजार लगानीबाट रथको निर्माण कार्य भएको भएको छ । नयाँ रथको काठ सम्बन्धी कामहरु शिवजी शर्मा, फलामको काम विजय राजवंशी र बिजुलीको काम दिनानाथ मण्डलले गरेका छन् भने भारत बंगालका रंजय शर्मा र ग्रामथान झोराहाटका सुशील सरदारले रथमा बुट्टा कुँदने काम गरेका हुन् ।

१९८८ सालदेखि खटयात्राको रुपमा सुरु भएको यो धार्मिक महत्वको उत्सव २०२५ सालदेखि रथयात्रामा रुपान्तरण भएको थियो । त्यसबेला बनेको रथ जीर्ण र साँघुरो भएका कारण त्यसलाई भत्काएर नयाँ रथ बनाइएको हो । रथको चौडाई १४ फिट, लम्बाई १९ फिट र उचाई २१ फिट रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्