विराटनगरमा इस्कोन र यससँग छुटेको कृष्ण लाइफ संस्थाले श्रीकृष्ण जन्माष्टमी महोत्सव गर्ने

<span class='c1'>विराटनगरमा इस्कोन र यससँग छुटेको कृष्ण</span> <span class='c2'>लाइफ संस्थाले श्रीकृष्ण जन्माष्टमी महोत्सव गर्ने</span>

विराटनगर । भगवान श्रीकृष्णको जन्मोत्सव नजिकिँदै गर्दा नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) विराटनगरले यस वर्षपनि कृष्णजन्माष्टमी महोत्सवलाई भव्य रुपमा मनाउने भएको छ । संघले आइतबार पत्रकार सम्मेलन गरी श्रावण ३१ गते जैन भवन विराटनगरमा बिहान देखि मध्यरातसम्म धार्मिक र सांस्कृतिक कार्यक्रमको श्रृंखला आयोजना हुने जानकारी दिएको हो। कार्यक्रममा महाअभिषेक, भजन–कीर्तन, महायज्ञ, कृष्णकथा, बालकृष्ण श्रृङ्गार, अन्तरविद्यालय चित्रकला र नृत्य प्रतियोगिता, मटकी फोड तथा सांस्कृतिक प्रस्तुति रहनेछन्। मध्यरात १२ बजे हुने श्रीकृष्ण जन्म समारोह र विशेष महाअभिषेक यस वर्षको मुख्य आकर्षण हुने आयोजकले बताएका छन्।

भक्तजनका लागि महाप्रसाद विहान ११ बजेदेखि राति १ बजेसम्म वितरण गरिनेछ । जसमा करिब १५ हजार जनाले प्रसाद ग्रहण गर्ने अपेक्षा गरिएको छ। नेपाल मात्र नभई भारत, बेलायतलगायत मुलुकका भक्त तथा आध्यात्मिक गुरुसहित २० हजारभन्दा बढी धर्मावलम्बीको सहभागिता रहने अनुमान गरिएको छ। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ र सभामुख अम्बर बहादुर बिष्टसहित उच्च पदस्थ व्यक्तिहरूलाई समेत आमन्त्रण गरिएको छ । प्रतियोगितामा विजेताले अधिकतम रु।३० हजारसम्मको पुरस्कार पाउनेछन्।

यसैगरी इस्कोनसँग छुटेर छुट्टै अस्तित्व खोजिरहेको कृष्ण लाइफ नामक संस्थाले विराटनगरमा धार्मिक, सांस्कृतिक र सामाजिक कार्यक्रमहरूको आयोजना गर्ने भएको हो ।गतवर्ष पनि यो कार्यक्रम गरिएको भन्दै यस पटकपनि हजारौ भक्तजनको उपस्थितिमा कार्यक्रम हुने जनाईएको छ । यस संस्थाले दिएको जानकारी अनुसार कार्यक्रमहरु ३१ गते सुरु हुनेछ । कार्याक्रम शनिबार विराटनगर ९ स्थित सिर्टी होटल एण्ड रिर्सोटमा हुनेछ । महोत्सवमा श्रीमद्भागवत महापुराण, गीतामृत, भजनकीर्तन, प्रवचन, नाटक, सांस्कृतिक प्रस्तुति लगायतका विविध कार्यक्रमहरू रहने छन्। यसका साथै रथयात्राका दिन मिष्ठान्न वितरण, रथयात्रा, तथा श्रीकृष्णको जीवनसँग सम्बन्धित धार्मिक झाँकी प्रदर्शन गरिनेछ ।

आयोजक संस्थाले विराटनगरका प्रमुख स्थलहरूमा श्रद्धालु भक्तजनको सहज सहभागिता र कार्यक्रमको सफलताका लागि आवश्यक तयारी पूरा गरिसकेको जनाएको छ । साथै धार्मिक महोत्सवमा सहभागितामार्फत भक्तजनहरूले आत्मिक शान्ति, सामाजिक एकता र संस्कृतिको संरक्षणमा योगदान दिन सक्ने जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्