यस्तो छ विराटनगरमा राधाकृष्णलाई यात्रा गराउने नयाँ रथको धार्मिक महत्व

<span class='c1'>यस्तो छ विराटनगरमा राधाकृष्णलाई यात्रा</span> <span class='c2'>गराउने नयाँ रथको धार्मिक महत्व</span>

विराटनगर । १९८८ सालदेखि विराटनगरमा राधाकृष्णको प्रतिमालाई खटमा राखेर यात्रा गराउने परम्परा २०२५ सालदेखि रथमा रुपान्तरण भएको थियो । राधाकृष्णको युगलजोडीलाई रथारोहण गराउने चलन समेत ५७ वर्ष पुगिसकेको छ । त्यहिबेला कल्पना गरिएको रथ जीर्ण भएपछि यो वर्ष विराटनगरमा निकालिने राधाकृष्ण यात्रा नयाँ रथमा हुनेछ ।

झण्डै ६० लाख लागतमा बनेको नयाँ रथ फलामको डायसमा सखुवा र सिसौको काठबाट कलात्मक ढंगका बुट्ट कुँदेर निर्माण गरिएको छ । वास्तुशास्त्र अनुसार प्यागोडा शैलीमा निर्मित संरचनामा धार्मिक महत्व भरिएको छ ।
राधाकृष्ण रथयात्राका प्रधान सारथी पण्डित भवानी शंकर निरौलाका अनुसार रथको अगाडीमा चन्द्र–सुर्यको झण्डा फहराइन्छ । जसको महत्व विशेष छ । त्यस बाहेक अगाडीको बाँया कोणमा हनुमान, दायाँ कोणमा गरुडको झण्डा रहनेछ । आग्नेय कोणमा वास रहेका हनुमानले रथको रक्षा गर्ने महत्व रहेको छ । त्यस्तै दाँया कोणमा गरुडको झण्डा रहनेछ । जसको महत्व भगवान कृष्णको वहान र अगाडी बढ्न सदा तत्पर रहने भन्ने हुन्छ । पछाडीको एउटा कोणमा दुर्गा र अर्को कोणमा गणेशको झण्डा फहराइन्छ । जसको अर्थ शक्ति, सामर्थ र विघ्नहरण गर्ने रुपमा लगाइन्छ ।

पण्डित निरौलाका अनुसार रथ गुडाउने चार चक्का रहेका छन् । त्यसैले यसलाई धर्मरुपी रथ मानिन्छ । जसले धर्म, अर्थ, काम (सुख) र मोक्षको प्रतिकको रुपमा कार्य गर्दछ ।
यस बाहेक यस पटकको रथमा राधाकृष्णलाई विराजमान गराउने विशेष सिंहासन निर्माण गरिएको छ । जसमा भगवान कृष्णको जन्म पश्चात मथुराबाट गोकुलमा सार्ने क्रममा अष्ट नागले सुरक्षा गरेको प्रतिक नाग निर्माण गरिएको छ । तर, यसमा हुनुपर्ने अष्टनाग भएपनि पञ्चनाग मात्रै राखिएको छ ।

अष्टनागको स्वरुप अनन्त, बासुकी, पद्म, महापद्म, तक्षत, कलिर, कर्कट, शंखको रुपमा मानिन्छ । पण्डित निरौलाका अनुसार अष्टनागको सिंहासन बनाउन नमिल्ने स्थितिमा पञ्चनागको मात्रै बनाइएको भएपनि रथका विभिन्न स्थानमा अष्टनाग अंकित गरिएको छ । सखुवाको काठमा कुँदेर बनाइका चित्र भगवान श्रीकृष्णसँग मेल खाने किसिमका रहेको बताइएको छ ।

प्रत्येक वर्ष कृष्ण जन्माष्टमीको भोलिपल्ट विराटनगरमा धार्मिक राधाकृष्ण रथ यात्रा आयोजना हुने गरेको छ । यसवर्ष यो भदौ १ गते हुनेछ । नयाँ बनिरहेको रथ प्यागोडा शैलीको २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लामो हुनेछ । यो जुवा बाहेकको डायसको क्षेत्रफल रहेको छ । १४÷१९ वर्गफुटको डायसमा ९ फिट चौडा र १० फिट उचाईको कोठा बन्नेको छ । यस अगाडी भगवान रहने क्षेत्र ४÷४ को मात्रै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्