चैत्र १९ विराटनगर । नेपाली कांग्रेसका सभापती शेरवहादुर देउवाले दलहरुको सहमतीमा तोकिएकै मितिमा स्थानियतहको निर्वाचन सम्पन्न हुने बताएका छन् ।
विराटनगरमा शनिबार बिहान संचारकर्मीसंग कुरागर्दै उनले मुलुक निर्वाचन तर्फ उन्मुख भइ सकेकाले निर्वाचन नरोकिने प्रष्ट पारे। संविधान कार्यान्वयका लागीपनी निर्वाचन आवश्यक रहेको उनको भनाई थियो ।
सभापती देउवाले वैशाख ३१ गते हुने निर्वाचनमा सहभागी हुन जनता उत्सुक रहेकाले निर्वाचनको बिकल्य नभएको बताए । उनले सबैतिर निर्वाचनको माहौल बन्दै गएकाले निर्वाचन हुनेमा ढुक्क रहन सवैलाई आग्रह समेत गरे ।
उनले निर्वाचनमा सहभागी गराउन मधेशवादीदलहरुसँग छलफल भइरहेकाले मधेशी मोर्चा पनी निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गरे ।
शनिबार नै सभापती देउवाले विराटनगरमा पार्टी कार्यकर्तासंगको भेटघाटमा निर्वाचनका लागी गाँउगाँउ जान पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिए ।