डीपीएस विद्यालयमा कृष्णाष्टमी पर्व अवसरमा सांस्कृतिक समारोह सम्पन्न

<span class='c1'>डीपीएस विद्यालयमा कृष्णाष्टमी पर्व</span> <span class='c2'>अवसरमा सांस्कृतिक समारोह सम्पन्न</span>

विराटनगर । भगवान श्रीकृष्णको जन्माष्टमी को अवसरमा विराटनगर स्थित डीपीएस विद्यालयले यस वर्ष पनि कृष्णाष्टमी पर्वलाई विशेष समारोहको आयोजना गरी सांस्कृतिक, धार्मिक र शैक्षिक महत्वका साथ मनाइएको छ । विद्यालय परिसर आकर्षक सजावट र धार्मिक माहोलले भरिएको थियो । समारोहको सुरुवात विद्यार्थीहरुको समुह भजन किर्तनबाट भएको थियो, जसले सम्पुर्ण परिसरलाई भक्तिमय ऊर्जा प्रदान ग¥यो । मधुर भजनले कार्यक्रमको वातावरणलाई अझ पवित्र बनायो । शिक्षक, विद्यार्थी, कर्मचारी र आमन्त्रित अतिथिहरुको उपस्थितिले विद्यालयमा उल्लासपूर्ण माहोल सिर्जना भएको थियो ।


कार्यक्रममा कक्षा अनुसार विभाजित विभिन्न सांस्कृतिक प्रस्तुतीहरु गरिएको थियो । विद्यार्थीहरुले कृष्ण जन्मको बाल लीला प्रस्तुत गर्दा दर्शकमा खुसी र भावुकता दुवै झल्किएको थियो साथै शास्त्रीय नृत्य र भजन मार्फत कष्ण जन्माष्टमीको साँस्कृतिक र नैतिक महत्वलाई कलात्मक रुपमा उजागर गरे ।


विद्यालयका अनुसार यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुमा नेतृत्व क्षमता, सांस्कृतिक सदभाव र नैतिक मुल्यको विकासमा दिर्घकालिन योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । विद्यालयको प्रतिबद्घता केवल शैक्षिक उपलब्धिमा सीमित नभई समग्र व्यक्तित्व विकास तर्फ लक्षित रहेको स्पष्ट पार्नुभयो ।


समारोहको अन्त्यमा प्रमुख अतिथिले सम्पुर्ण विद्यालय परिवारलाई आशीर्वचन प्रदान गर्दै शैक्षिक उत्कृष्टता, नैतिक बलियोपन र मानवताको मार्गमा निरन्तर प्रगति गर्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रम औपचारिक धन्यवाद ज्ञापनपछि सम्पन्न भएको थियो ।
यस वर्षको कृष्णाष्टमी कार्यक्रमले डीपीएस विद्यालयमा केवल धार्मिक पर्वको मात्र नभई सांस्कृतिक पहिचान र शैक्षिक मुल्यमान्यताको संयुत्त उत्सवको रुपमा लिएको विद्यालयको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्