विराटनगरको रथयात्रा गौरवको प्रतिक : मुख्यमन्त्री कार्की

<span class='c1'>विराटनगरको रथयात्रा गौरवको प्रतिक</span> <span class='c2'>: मुख्यमन्त्री कार्की</span>

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरमा हुने ऐतिहासिक रथयात्रा प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक गौरवको प्रतीक भएको बताएका छन् । रथयात्राको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री कार्कीले यस पर्वले प्रदेशको गौरव बढाउनुका साथै सामाजिक एकता, सहिष्णुता र साझा संस्कृतिको उदाहरण प्रस्तुत गरेको उल्लेख गरेका छन् ।

“कोशी प्रदेश विविधतायुक्त प्रदेश हो। यो प्रदेशको राजधानी विराटनगरमा बृहत रूपमा मनाइने रथयात्राले हाम्रो धार्मिक सहिष्णुता, सांस्कृतिक परम्परा र ऐतिहासिक महत्वलाई झल्काउँछ। यसले हाम्रो प्रदेशलाई सांस्कृतिक रूपमा अझ सबल र समृद्ध बनाउँछ।” जारी सन्देशमा उल्लेख छ ।

मुख्यमन्त्री कार्कीले १९८८ सालमा खटयात्राको रूपमा सुरु भई २०२५ सालदेखि रथयात्राको रूपमा निरन्तर सञ्चालन हुँदै आएको यस पर्वले विराटनगर मात्र नभई सम्पूर्ण प्रदेशमा एकताको बलियो सन्देश फैलाएको बताएका छन् । उनले जातजाति, धर्म, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै रथयात्रा जस्ता पर्वले विविधताभित्रको एकताको भाव प्रगाढ बनाउने विश्वास व्यक्त गरिएको छ ।

नेपालको राष्ट्रिय अभियान ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई सफल बनाउन पर्यटन विकास महत्वपूर्ण भएको र रथयात्रा जस्ता सांस्कृतिक कार्यक्रमले पर्यटन प्रवर्द्धनमा ठूलो योगदान पुर्‍याउने बताएका छन् । भारतका विभिन्न स्थानबाट भक्तजन आउने यस पर्वलाई अझ भव्य र व्यवस्थित बनाउन प्रदेश सरकार आवश्यक सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्