विराटनगरमा गुन्जदैंछ ‘राधे कृष्ण, गोपाल कृष्ण’

<span class='c1'>विराटनगरमा गुन्जदैंछ ‘राधे</span> <span class='c2'>कृष्ण, गोपाल कृष्ण’</span>

विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्रा अहिले राधाकृष्ण मन्दिरबाट अगाडी बढेको छ । रथ जतिजति अगाडी बढ्दै जान्छ त्यतित्यति ‘राधे कृष्ण, गोपाल कृष्ण’ मन्त्रोउच्चारण भइरहेको छ । रथबाट प्रधान सारथी पण्डित भवानी शंकर निरौलाले यसलाई अगाडी बढाउन भूमिका निर्वाह गर्नुहुन्छ ।

विश्रामस्थलमा रोक्दा र विश्रामस्थलबाट रथ अगाडी बढ्दा सावधान भन्ने कासन पण्डित निरौलाले हुनेछ ।
यस पटक गुडीरहेको रथलाई रोक्नका लागि अगाडीको भागमा हाइड्रोलिक ब्रेक जडान गरिएको छ । नयाँ रथ निर्माण गर्दा भरसक रथलाई अगाडी बढाउन र रोक्न सहज होस भनेर यस्तो सुविधा थप गरिएको हो । नगरका विभिन्न स्थानमा स्वयम् सेवा भावले पीउने पानी तथा पर्सादीको प्रवन्ध संघसंस्था तथा व्यक्तिहरुले गरेका छन् । त्यति नै मात्रामा रथयात्राका दिन सहभागी हुने भक्तजनका लागि विभिन्न गुलिया परिकार बनाएर व्यापार गर्नेहरु पनि सडकसँगै जोडिएर बसेका छन् ।

विराटनगरको राधाकृष्ण रथयात्रा हिन्दुधर्मालम्बीको मात्रै नभई यो सामाजिक एकता र साँस्कृतिक विविधताको प्रतिकको रुपमा हेरिन्छ । यहाँ इस्लाम र बौद्ध धर्मालम्बीहरु समेत सहभागि हुने गरेका छन् । आस्था राख्ने र नराख्ने सबै नागरिकको साझा र एकता झल्काउने रथयात्रा निकालिएसँगै अहिले नगर राधे कृष्ण, गोपाल कृष्णको धुनमा गुन्जयमान बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्