दशवर्षपछि पार्टी कार्यलय पुगेकी विद्या भण्डारीलाई सागर थापाको रातो गुलाफ, मुस्कुराउँदै कपालमा सिउरिन्

<span class='c1'>दशवर्षपछि पार्टी कार्यलय पुगेकी विद्या भण्डारीलाई सागर</span> <span class='c2'>थापाको रातो गुलाफ, मुस्कुराउँदै कपालमा सिउरिन्</span>

प्रेम देवान
विराटनगर । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी झन्डै १० बर्षपछि विराटनगर पाञ्चालितस्थित नेकपा एमाले पार्टी कार्यालय मोरङमा मंगलबार दिउँसो पुगिन् । को १ झ ५९३ नम्बरको सेतो प्लेटको गाडीमा भिआईपी सुरक्षा सहित करिब १२ बजे पुगेकी भण्डारीको प्रतिक्षामा कार्यकर्ताहरु पखाईमा थिए ।

उनको स्वागतमा कार्यकर्ताको उपस्थितिले राम्रै स्वागत भयो । कसैले फूलका बुक्की दिए भने , कसैले खदा त, कसैले फूलको थुङगा । विराटनगरबाट प्रकाशति हुने उद्धोष दैनिकको कार्यक्रममा सहभागी हुन सोमबार विराटनगर आईपुगेकी उनी मंगलबार पार्टी कार्यालयमा गएकी हुन् । पाटी कार्यलयमा कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यतालिका अघिल्लो दिनेदेखी नै थियो । सधैं साडीमा सजिएर मुसुक्क मुस्कुराईरहेने भण्डारी गाडीबाट उत्रिन साथ जिल्ला अध्यक्ष अजम्बर राईले भण्डारीलाई बुक्कीले स्वागत गरे । त्यसैक्रममा जिल्ला उपाध्यक्ष सागर थापा पनि नजिकै थिए ।

उनले पनि आफ्नो हातमा रहेको रातो रंगको गुलाफ विद्यादेवी भण्डारीको हातमा थमाईदिए । उनले यताउता हेर्दै सागर थापाले दिएको गुलाफको फुल आफ्नो पछाडी कपालमा सिउरिन् । भण्डारीलाई जिल्ला सचिव सोम थापा , नेता खेम नेपाली, यसोधा अधिकारी लगायत धेरैले फुलका गुच्छाहरु दिए । तर ती सबै हातमा लिदै सहयोगीहरुलाई राख्न दिईन् । यता सागर थापाले दिएको रातो गुलाफको फुल भने भण्डारील्े निकै मन पराएर आफ्नो पछाडी कपालमा सिउरिन् ।

त्यो बेलाको दृष्यले वरपर रहेका नेता तथा कार्यकर्ताहरु एक अर्कामा हेराहेर भईरहेका थियो । थापाले दिएको रातो फुल कपालमा सिउदै भनिन्, म भूकम्पको बेला आएको रहेछु भन्दै स्मरण गरिरहेको थिईन् । यता उनको आगमनलाई कार्यकर्ताहरु निकै खुशी र हर्षित देखिन्थे । पूर्वराष्ट्रपतिलाई गरिएको स्वागतले बजारमा निकै चर्चा पाएको छ । एमाले निकट कार्यकर्तादेखि सर्वसाधारणबीच समेत भण्डारीको लामो अन्तरालपछि भएको पार्टी कार्यालय प्रवेशलाई महत्वका साथ हेरिएको छ ।


उनले पार्टी कार्यालयमा रहेका मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलाल श्रेष्ठको सालिकमा माल्र्यापण गरिन् । त्यसपछि पार्टी कार्यलयमा प्रवेश गरेकी भण्डारीले २० मिनेट जति कार्यकर्ताहरु सामु सम्बोधन गरिन् । कार्यक्रमलाई सम्बोधन गर्दै भनिन् देशको आर्थिक आत्मनिर्भरता र राष्ट्रिय हितलाई सर्बोपरी राखेर अगाडी बढ्नुपर्नेछ । उनले आफु पुनः पार्टीको सदस्यको रुपमा सक्रिय रहेको उल्लेख गरिन् । आफु एमाले सदस्य भएको ४५ बर्षको स्मरण गर्दै सदस्य पनि विराटनगरबाट नै लिएको सुनाईन् । एमालेको सक्रिय सदस्य बन्नको लागि विराटनगरबाट नै राजनितिक सुरुवात भएकाले मोरङ जिल्ला मेरो गृह नगर जस्तै लागेको धारणा व्यक्त गरिन् ।

यता सागर थापाले रातो गुलाफ अर्पण गर्दै भण्डारीलाई पार्टीप्रतिको निरन्तर आस्था र सम्मानको प्रतीकस्वरूप स्वागत गरेको बताएका छन् । थापाले आवर विराटनगरसँग भने, माया, प्रेम र विस्वासको आधार भएको बताए । उनको पार्टी कार्यालय प्रवेश र स्वागतको दृश्यले अहिले विराटनगरको बजारमा चासो मात्र होइन, विभिन्न किसिमका राजनीतिक टिप्पणी र चर्चा पनि जन्माएको छ । अझ ओली पक्षधरका पक्षधर नेताहरूले स्थानीय नेता तथा कार्यकर्तालाई विद्यादेवी भण्डारीको कार्यक्रममा नजान उर्दी जारी गरेका कारण पनि निकै चर्चा भईरहेको छ । कार्यक्रममा ओली पक्षधरका कोही पनि नेता तथा कार्यकर्ताहरुको उपस्थिती भने देखिएन ।

भण्डारी एमाले राजनीतिमा सक्रिय हुने घोषणा गरेपछि त्यसले बहुचर्चा पाएको थियो । मोरङ उनका लागि अहिले पनि उर्वर जिल्ला मानिन्छ । तर, नेकपा एमाले पार्टीले आधिकारिक रुपमा उनलाई राजनीतिमा फर्कन नदिने निर्णय गर्दै नविकरण गरेको सदस्यता नै खारेज गरिदिएको छ । भण्डारी भने अझैसम्म सक्रिय रहेको भन्दै जिल्ला पार्टी कार्यालयमा पुगेर नेता कार्यकर्तालाई उत्साह थप्दै रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्