विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङले २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा दिँदै

<span class='c1'>विराटनगरको इस्टर्न कलेज अफ इन्जिनियरिङले २५</span> <span class='c2'>वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा दिँदै</span>

विराटनगर भाद्र ४ ,
विराटनगरमा अवस्थित इस्टर्न कलेज अफ इन्जिनियरिङले २५ वर्षदेखि गुणस्तरिय प्रविधिक शिक्षा प्रदान गर्दै आएको छ। कलेजले डिप्लोमा तथा स्नातक तहका इन्जिनियरिङ कार्यक्रमहरू लामो समयदेखि सञ्चालन गर्दै आएको छ।

कलेजका प्रिन्सिपल अमित सुरनाका अनुसार अनुभवी र दक्ष प्राध्यापकहरूको टोलीले आधुनिक प्रविधिको प्रयोगमार्फत विद्यार्थीलाई व्यवहारिक तथा गुणस्तरिय शिक्षा उपलब्ध गराउँदै आएको छ। डिप्लोमा र स्नातक तहका सबै कार्यक्रमका लागि आवश्यक पर्ने विषयगत प्रयोगशाला (ल्याब) पूर्णरूपमा सञ्चालनमा रहेको उनले बताए।

सुरनाले भने, “हामी व्यवहारिक ज्ञान र प्रविधि अभिमुख शिक्षा मार्फत विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धामा सक्षम बनाउन निरन्तर प्रयत्नशील छौं।” उनका अनुसार, वास्तविक क्षेत्रमा आवश्यक पर्ने सफ्टवेयर तालिम (ट्रेनिङ) पनि कलेजमै उपलब्ध गराइएको छ। साथै विद्यार्थीको दक्षता अभिवृद्धिका लागि समय समयमा शैक्षिक भ्रमण, औद्योगिक अवलोकन, सेमिनार, प्रेजेन्टेसन र टेक्निकल वर्कसपहरू आयोजना गरिँदै आएको छ।

इस्टर्न कलेजबाट स्नातक तह पूरा गरेका धेरै विद्यार्थीहरूले देश तथा विदेशका विभिन्न सरकारी र गैरसरकारी संस्थामा रोजगारी पाएका छन्। केहीले आफ्नै फर्म स्थापना गरेर रोजगारी सिर्जना गर्न सफल भएका छन्।

कलेजले विद्यार्थीको समग्र विकासमा जोड दिँदै अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकता दिएको छ। शान्त र सुरक्षित वातावरण, फराकिलो खेलमैदान, अत्याधुनिक उपकरणसहितका कक्षाकोठा, सुविधा सम्पन्न भवन, प्रयोगशाला, लाइब्रेरी लगायतका पूर्वाधार यस कलेजका विशेषता मानिन्छन्।

त्यसका साथै कलेजले नियमित रूपमा विभिन्न प्रविधि सम्बन्धी गोष्ठी, सेमिनार, वर्कसप, परियोजना कार्य तथा प्रतियोगिताहरू आयोजना गर्दै आएको छ। यसले विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै प्रयोगात्मक सिकाइ र वास्तविक क्षेत्रको अनुभव प्राप्त गर्न मद्दत पु¥याएको कलेजको दाबी छ।

प्रिन्सिपल सुरनाले भने, “हामी प्रविधिक शिक्षालाई केवल कक्षाभित्र सीमित राख्दैनौं। प्रयोगात्मक सिकाइलाई प्राथमिकतामा राखेकै कारण इस्टर्न कलेजका स्नातकहरू उद्योग, निर्माण, सूचना प्रविधि र अन्य क्षेत्रमा आत्मनिर्भर बन्न सफल भएका छन्।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्