विराटनगरमा घरेलु महिला उद्यम समितिले टपरी बुन्दै तिज मनाए

<span class='c1'>विराटनगरमा घरेलु महिला उद्यम समितिले</span> <span class='c2'>टपरी बुन्दै तिज मनाए</span>

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तिजको अवसरमा विविध कार्यक्रम सम्पन्न गरेको छ । समितिद्वारा आयोजित कार्यक्रममा टपरी बुन्ने प्रतियोगिता, नृत्य प्रतियोगिता र निशुल्क आँखा शिविर सञ्चालन गरिनुका साथै शुभकामना आदान–प्रदान पनि गरिएको थियो ।


कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपालिकाकी उप–प्रमुख शिल्पा निराला कार्कीले महिला उद्यमी समितिको यो शिपमूलक तिज कार्यक्रमले समाजमा नयाँ सन्देश प्रवाह गर्ने बताइन् । उनले महिलाको सीप र प्रतिभा अभिव्यक्त हुने खालका कार्यक्रमले आत्मनिर्भरता र उद्यमशीलतामा टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।


कार्यक्रममा सहभागी महिलाले परम्परागत सीप प्रदर्शन गर्दै रमाइलो माहोल सँगसँगै तिजको शुभकामना आदान–प्रदान गरेका थिए । आयोजक समितिले यस किसिमका कार्यक्रममार्फत महिला उद्यमशिलतालाई अझै सबल बनाउन योगदान पुर्‍याउने जनाएको छ ।

टपरी बुन्ने प्रतियोगिताको उपाधी प्रितिक्षी निरौलालाई

नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङले तिजको अवसरमा आयोजना गरेको टपरी बुन्ने प्रतियोगताको उपाधी प्रितिक्षी निरौलाले हात पारिन । २० जना सहभागित भएको प्रतियोगितामा १९ जनालाईपछि पार्दै टपरी बुन्ने प्रतियोगिताको उपाधी निरालाले हात पारेकी हुन् ।


त्यसैगरी अनिता खनाल दाहाल दोस्रो, निता श्रेष्ठ तेस्रो र शर्मिला श्रेष्ठ साथै उषा भट्टराईले सान्तवनाको पुरस्कार प्राप्त गरे । विजेताहरुलाई कार्यक्रमकी प्रमुख अतिथी शिल्पा निरला कार्कीले हस्तान्त्रण गरिन् । साथै कार्यक्रममा महिलाहरूले बनाएका हस्तनिर्मित सामग्रीहरू प्रदर्शनीमा राखिएको थियो । झुम्का, माला, सजावटी सामग्री, पाकेको घरेलु खानेकुरा आदिको प्रदर्शनले उनीहरूको सृजनशीलता र उद्यमशीलता झल्किएको थियो ।


घरेलु तथा साना उद्योग कार्यालयले मोरङमा अपांगता भएता पनि मन बलियो भएका १३ जना महिलाहरुलाई तीजमा सीप भन्दै धुप बनाउने तालिम दिएको थिायो । यस्तै लेटागंका महिलाहरुलाई आतनिर्भर बनाउने भन्दै फिनेल हार्पिक र हेन्डवासको ३ तालिम दिएको थियो ।


घरेलु तथा साना उद्योग महासंघ महिला उद्यम समिति मोरङकी अभ्यक्ष अमृता भण्डारी, घरेलु कार्यालय मोरङका प्रमुख भवानी घिमीरे,घरेलु तथा साना उद्योग महासंघ मोरङका अध्यक्ष चेतन निरौला लगायत कार्यक्रमा उपस्थित भएका विभिन्न क्षेत्रका अतिथीहरुले यस्ता कार्यक्रमले महिला उद्यमशीलता र आत्मनिर्भरता प्रोत्साहन गर्ने दिशामा महत्त्वपूर्ण कदम चालेको बताउदै यसलाई निरन्तरता दिन सुझाव समेत दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्