विराटनगर भाद्र ६ ,
उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरूको प्रमुख गन्तव्यका रूपमा स्थापित ए एन जेड एजुकेसन कन्सल्टेन्सी, विराटनगरले आफ्नो तेस्रो वार्षिकोत्सव उत्साहपूर्वक मनाएको छ। छोटो समयमा नै धेरै अभिवावक तथा विद्यार्थीहरूको विश्वास जित्न सफल यो संस्थालाई बिराटनगर को राईजिङ स्टार को रुपमा लिन सकिन्छ ।
वार्षिकोत्सवको कार्यक्रम सस्ंथाका विद्यार्थी एवं उच्च शिक्षा अध्यनका लागी सोहि दिन भिसा प्राप्त बिधार्थीहरुले हर्षोउल्लास का साथ मनायका थिए ।कार्यक्रममा संस्थाको अहिले सम्मको यात्रा, उपलब्धि र भविष्यका योजनाबारे जानकारी प्रस्तुत गरिएको थियो।
संस्थाकी निर्देशक कविता पाण्डे संस्थाको स्थापनाको उद्देश्य, विद्यार्थीलाई दिइँदै आएको सहयोग र आगामी योजनाबारे प्रकाश पारिन्। आफु पनि अष्ट्रेलियामा अध्ययन गरेर नेपाल फर्किएकी पान्डे, नेपाल शैक्षिक परामर्श सघं (ECAN) पुर्वान्चल कि एक्ज्युकेटिभ मेम्बर समेत हुन। सदैब विद्यार्थीलाई सही र रियल काउन्सिलिङ उपलब्ध गराउने तथा बिधार्थी हरुको हितमा काम गर्ने आफ्नो प्रमुख ध्येय रहेको बताइन्। “हामी विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको क्षमता, रुचि र भविष्यलाई ध्यानमा राख्दै उपयुक्त कोर्ष र गन्तव्य छनोट गर्न सहयोग गर्छौं” उनले भनिन्।

उनका अनुसार हालसम्म न्युजिल्यान्ड, अस्ट्रेलिया, क्यानडा, बेलायत, अमेरिका तथा जापान लगायतका देशका विभिन्न विश्वविद्यालय तथा कलेजहरूमा ए एन जेडमार्फत विद्यार्थी पठाइएको छ। विद्यार्थीलाई आवेदना प्रक्रिया, भिसा परामर्श, डकुमेन्ट्सन, भाषा तयारी कक्षा, तथा भविष्यका सम्भावनाबारे सम्पूर्ण जानकारी दिने कार्य संस्थाले गर्दै आएको छ।
ए एन्ड जेड कन्सल्टेन्सीले आगामी दिनमा अझ व्यवस्थित सेवासहित अन्तर्राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य विस्तार गर्ने, नयाँ शैक्षिक कार्यक्रम ल्याउने र विद्यार्थीलाई गुणस्तरीय परामर्श दिन निरन्तर अग्रसर रहने प्रतिबद्धता जनाएको छ।