सडक प्रर्दशनको क्रममा विराटनगरमा स्कुल बस एक आपसमा ठोक्किए

<span class='c1'>सडक प्रर्दशनको क्रममा विराटनगरमा स्कुल</span> <span class='c2'>बस एक आपसमा ठोक्किए</span>

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को आन्दोलनका थप कार्यक्रम रहेका थिए । आन्दोलनका थप कार्यक्रम अन्तर्गत सडकमा कालो झण्डा सहित बस नगर परिक्रममा गर्ने कार्यक्रम रहेको थियो । यसैविच विराटनगरका निजी संस्थाका बसहरु शुक्रबार नगरका विभिन्न स्थानहरुमा नगरपरिक्रमा कार्यक्रममा बस एक आपसमा ठोक्किएका छन् ।


कोशी राजमार्ग अन्र्तगत धरान विराटनगर सडक खण्डको सत्यनारायण स्कुल अगाडी बजार परिक्रमा गर्ने क्रममा विराटनगरका निजी विद्यालयका बस एक आपसमा ठक्कर दिदाँ बसमा क्षति पुगेको छ । विराटनगर १८ मा रहेको भगवती बोडिङ्ग स्कुलको को १ क १४५२ नम्बरको बसमा क्षति पुगेको छ । बसका चालक सुरेस राईका अनुसार बस पुष्पलाल चोक हुदै बरगाछीबाट बसपार्क आउने क्रममा अगाडीको बसले अचानक ब्रेक हान्यो , त्यसपछि पछाडीको बसले पनि हामीलाई ठक्कर दियो । उनले भने, बसको अगाडीको भागको सिसाहरु फुटेका छन् । ‘मलाई अलि अलि चोट लागेको छ , मेरो सह चालकलाई पनि सामान्य चोट लागेको छ ।’


यसैविच अरनिको स्कुलको बसमा पनि सामान्य क्षति पुगेको छ तर अगाडीको ब्रेक हान्ने गाडी कुन थियो भन्ने अहिले सम्म यकिन हुन भने सकिरहेको छैन । घटना पस्चात वडा प्रहरी कार्यलयका डिएसपी अनमोल खड्का पुगेर घटनाबारे बुझ्ने काम भएको छ । दुर्घटना के कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भईरहेको डिएसपी खड्काले जानकारी दिए । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएसंगै प्याब्सनले थप आन्दोलनका कार्यक्रम देशैभर गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्