टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको चुनौती दिएको छ ।

<span class='c1'>टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई</span> <span class='c2'>१४५ रनको चुनौती दिएको छ ।</span>

टप एण्ड टी–२० सिरिजमा पाकिस्तानले नेपाललाई १४५ रनको चुनौती दिएको छ ।

समूह चरणको अन्तिम खेलमा पाकिस्तानले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गरेको हो । नेपालविरुद्ध पाकिस्तानका इरफान खानले सर्वाधिक ४२ रन बनाउँदा अब्दुल समदले सर्वाधिक २६ रन जोड्नुभयो । मोहम्मद वसिमले २३, यासिर खानले १८ रन बनाउँदा मेहरान मुमताजले १० रन थप्नुभयो।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिँदा, दीपेन्द्रसिंह ऐरी र नन्दन यादवले दुईदुई विकेट लिँदा कुशल भुर्तेलले एक विकेट हात पार्नुभयो । नेपालका लागि चार ओभर बलिङ गर्दा सन्दीप लामिछाने २८ रन दिएर विकेटबिहीन बन्नुभयो ।

शृङ्खला सहभागी ११ टोलीमध्ये अङ्क तालिकाको सातौँ स्थानमा रहेको नेपालले सेमिफाइनल प्रवेशका लागि आज पाकिस्तानविरुद्धको खेल जित्नैपर्ने दबाब छ । पाकिस्तान भने ६ अंकसहित दोस्रो स्थानमा छ । नेपालले यसअघि पाँच खेल खेल्दा तीनमा हार र एकमा जित निकालेको थियो ।

नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग ४२, दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग ३२ र तेस्रो खेलमा मेलबर्न स्टार्ससँग ३१ रनले पराजित भयो।

नेपालले चौथो खेलमा होबार्ट हरिकेन्स एकेडेमीलाई ६६ र पाँचौं खेलमा मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको जित निकालेको थियो । पाकिस्तानविरुद्ध नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्