विराटनगर । कोसी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको सञ्चारसम्बन्धी विधेयकको विरोधमा विराटनगरका पत्रकारहरुले उल्टो हिडेर विरोध जनाएका छन् ।
प्रेस युनिय नेपालको नेतृत्वमा आइतबार विहान देवकोटाचौकदेखी हाटखोलामा सम्म करिब १ किलो मिटर ‘उल्टो हिडेर ’ विरोध प्रदर्शन गरेका हुन् ।

सरकारले विधेयक मार्फत सञ्चार स्वतन्त्रता सीमित गर्ने प्रयास गरिरहेको आरोप लगाउँदै विराटनगरमा भेला भएका पत्रकारहरूले मुख र हातमा कालोपटी बाधेर विरोधमा उत्रिएका छन् । विरोध कार्यक्रममा प्रेस युनियनका केन्द्रिय पदाधिकारी लगायत अन्य प्रेस संघ संघठनहरुका पत्रकारहरुको सहभागिता रहेको थियो ।
यस अघि कोशी प्रदेशसभामा पनि पत्रकारहरुले धर्ना दिएका थिए । सो क्रममा प्रहरीले धर्नामा बसेका पत्रकारहरुलाई हटाउन खोजेपछि केहीबेर घम्साघम्सी समेत भएको थियो ।
