महासंघको नेतृत्वमा कोशीका पत्रकार आन्दोलित

<span class='c1'>महासंघको नेतृत्वमा कोशीका</span> <span class='c2'>पत्रकार आन्दोलित</span>

विराटनगर । नेपाल पत्रकार महासंघ, कोशी प्रदेश समितिले ‘कोशी प्रदेश आमसञ्चार विधेयक’ मा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान सच्याउन माग गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ। विधायन समितिले पारित गरेको विधेयक संविधानले प्रत्याभूत गरेको पूर्ण प्रेस स्वतन्त्रताको मर्म र भावनाविपरीत रहेको ठहर गर्दै महासंघ चरणबद्ध आन्दोलनमा उत्रिएको हो ।

महासंघका महासचिव हिमाकुमारी चेम्जोङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘प्रदेश सरकारले संसद्‌मा दर्ता गरी न्याय प्रशासन तथा विधायन समितिबाट पारित गराएर प्रदेशसभामा पेस गरेको उक्त विधेयक स्वीकार्य छैन ।’ विभिन्न संघसंस्थाका प्रतिनिधिहरूसँगको सर्वपक्षीय छलफलपछि विधेयक खारेजीको माग गर्दै दबाबमूलक कार्यक्रमहरू अघि बढाउने निर्णय गरिएको हो।

महासंघले घोषणा गरेको आन्दोलनको कार्यक्रमअनुसार, भदौ ९ गते प्रदेशभरका पत्रकारहरूले सामाजिक सञ्जालमार्फत विधेयक सच्याउन सरकार र प्रदेशसभालाई खबरदारी गरेका छन् । त्यसैगरी, भदौ १० गते मुख्यमन्त्री, विभागीय मन्त्री तथा संसदीय दलका नेताहरूलाई भेटेर ध्यानाकर्षण गराइनेछ भने प्रदेशभर कोशी प्रदेश आमसञ्चार विधेयकमा रहेका प्रेस स्वतन्त्रता विरोधी प्रावधान ‘खारेज गर ’ भन्ने नारासहित प्रदर्शन गरिनेछ। आन्दोलनको अर्को कार्यक्रमअन्तर्गत, भदौ ११ गते प्रदेशका पत्रकारहरूले आ–आफ्ना जिल्लाका प्रदेशसभा सदस्यहरूलाई सन्देश पठाएर विरोध जनाउनेछन् ।

भदौ १२ गते नेपाल पत्रकार महासंघ प्रदेश समितिले मुख्यमन्त्री कार्यालय अगाडि र जिल्ला शाखाहरूले सम्बन्धित जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने कार्यक्रम तय भएको छ। पहिलो चरणको आन्दोलनको अन्तिम दिन, भदौ १३ गते दिउँसो १ बजे विराटनगरस्थित देवकोटा चोकमा वृहत् धर्ना दिइने महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्