विराटनगरमा फेरि आयो अर्को अनलाईन न्युज पोर्टल ‘ब्रेकिङ नेपाल डट कम’

<span class='c1'>विराटनगरमा फेरि आयो अर्को अनलाईन न्युज</span> <span class='c2'>पोर्टल ‘ब्रेकिङ नेपाल डट कम’</span>

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरबाट आजदेखि नयाँ अनलाइन पोर्टल ब्रेकिङ नेपाल डट कम औपचारिक रुपमा सुरु भएको छ । गाउँशहर मिडिया प्रालिद्वारा सञ्चालित ब्रेकिङ नेपाल डट कमको एक समारोहका बीच विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र उपमेयर शिल्पा निराला कार्कीले शुभारम्भ गरे । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथिसमेत रहेका मेयर कोइरालाले मिडिया सञ्चालनमा आउनुभन्दा टिक्नु मुख्य विषय भएको बताए । ‘नेपालमा थुप्रै मिडियाहरु सञ्चालनमा आएका छन् । तर लामो समयसम्म टिक्न सक्दैनन्,’ उनले भने, ‘लामो समयसम्म टिक्नका लागि विशेष योजनाका साथ अगाडि बढ्नुपर्छ ।’


उपमेयर शिल्पा निराला कार्कीले समाज रुपान्तरणमा सञ्चार क्षेत्रको अहम् भूमिका रहँदै आएको चर्चा गरिन् । निष्पक्ष र तथ्यमा आधारित रहेर समाचार बनाउनुपर्नेमा उनको जोड थियो । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शंकर खरेलले देशको आर्थिक अवस्थाका कारण सञ्चार क्षेत्र निकै समस्यामा रहेको बताए । उनले प्रदेश सरकारले प्रेसविरोधी विधेयक ल्याएको अवस्थामा ब्रेकिङ नेपालको जन्म भएको उल्लेख गरे ।

कार्यक्रममा हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, अग्रज साहित्यकार एवं प्राध्यापक कविराज न्यौपाने , उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले ब्रेकिङ नेपाल न्यूज आवाजविहीनहरुको आवाज बन्न सकोस् भनेर शुभकामना दिए । गाउँशहर मिडिया प्रालिका अध्यक्ष एवं ब्रेकिङ नेपाल डट कमका प्रधानसम्पादक मीनकुमार नवोदितले पत्रकारिता केवल समाचारको संग्रह मात्रै नभएर सामाजिक रूपान्तरणको एक शक्तिशाली औजार भएको बताए । नेपाली समाजमा दिनप्रतिदिन मौलाउँदै गएको निराशाको छायाँ हटाएर आशाको उज्यालो फैलाउन थोरै मात्रै भए पनि प्रयास गर्ने गरी ब्रेकिङ नेपाल सुरु गरिएको उनले प्रस्ट्याए ।


कार्यक्रममा विराटनगर महानगरपालिका वडा नम्बर ९ का अध्यक्ष विश्वनाथप्रसाद भगत, ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाने, नेपाल पत्रकार महासंघका कोशी प्रदेश अध्यक्ष भरत खड्का, प्याब्सनका पूर्वकेन्द्रीय अध्यक्ष टीकाराम पुरी, मोरङका प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरिया, प्रेस युनियनका केन्द्रीय उपमहासचिव अभयकुमार राई, पूर्वकेन्द्रीय उपाध्यक्ष शेखर रेग्मी, पूर्वाञ्चल विश्वविद्यालयको व्यवस्थापन संकायका डिन डा. सन्देशदास श्रेष्ठ, गैसस महासंघ मोरङकी अध्यक्ष विष्णु शर्मा, प्याब्सन मोरङका पूर्वअध्यक्ष प्रेमलाल सुवाल, विराटनगर पूर्वअध्यक्ष इन्द्र राई, वर्तमान अध्यक्ष अर्जुन श्रेष्ठ, उपाध्यक्ष अशोक लामा, विराटनगर प्रज्ञा प्रतिष्ठानका महासचिव दिङ्लाली कान्छो, झोराहाट नाट्य समाजका अध्यक्ष भरत बर्बरिक, छन्दवाटिका विराटनगरका अध्यक्ष हरि कट्टेल, विराट साहित्य संगमका रामबाबु दाहाललगायतको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्